२०८३, २८ श्रावण शुक्रबार

मोदीद्वारा मुक्तिनाथ मन्दिरमा विशेष पूजा

मोदीद्वारा मुक्तिनाथ मन्दिरमा विशेष पूजा


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुस्ताङको मुक्तिनाथ मन्दिरमा शनिबार बिहान विशेष पूजा गरेका हुन् ।  नेपालको २ दिने राजकीय भ्रमणका क्रममा मुक्तिनाथ आइपुगेका मोदीले पूजा गरेका छन् ।

योसँगै मोदी प्रधानमन्त्रीको हैसियतमा मुक्तिनाथ मन्दिरमा पूजा अर्चना गर्ने पहिलो भारतीय प्रधानमन्त्री बनेका छन् । मोदीलाई मन्दिरका मूल पुजारी कृष्णप्रसाद अधिकारीले झण्डै २५ मिनेट पूजा–अर्चना गराएका थिए भने मन्दिरका अन्य पुजारी तथा भिक्षुहरूले स्वागत गरेका थिए ।

पूजा अर्चनापछि मोदीले १०८ धारामा जल शेचन गरेका थिए । मोदीलाई बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष र जिल्ला समन्वय समितिका सभापतिले कालीगण्डकी नदीको शालिग्राम उपहार दिएका थिए । मोदीले योबीचमा मुक्तिनाथ मन्दिर परिसरमा झण्डै १ घण्टा बिताए ।

शनिबार बिहान ६ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकोप्टरमार्फत मुक्तिनाथ पुगेका मोदी केहीबेरमा जोमसोम जाने र त्यहाँबाट हेलिकोप्टर परिवर्तन गरेर काठमाडौं फर्किने कार्यक्रम छ । काठमाडौं आएपछि मोदीले पशुपतिनाथ मन्दिरमा विशेष पूजा तथा काठमाडौं महानगरपालिकाको नागरिक अभिनन्दन ग्रहण गर्नेछन् । मोदी आजै अपरान्ह चार बजे स्वदेश फर्किने कार्यक्रम छ ।

प्रकाशित मिति : २०७५, २९ बैशाख शनिबार  ९ : २५ बजे

शशांकको दाबी-‘बिपीले शेरबहादुरलाई पश्चिमको राजकुमार भन्नुहुन्थ्यो’

‘देउवा आएपछि राष्ट्रिय भेला पूर्ण सफल भयो, हाम्रो सभापति उहाँ

गगन थापामाथि मोहन बस्नेतको कडा प्रहारः ‘बोकाले दाइँ हुँदैन, गोरु चाहिन्छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले महामन्त्री गगन थापामाथि

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा आफ्नै विद्यार्थी प्रा.डा. विवेक बराल

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा. विवेक बराल

सुदूरपश्चिममा एमालेको सत्ता प्रवेश, चार सदस्यले सम्हाले जिम्मेवारी

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरण फेरिएसँगै नेकपा एमाले सरकारमा

सुदूरपश्चिमको सत्ता समीकरण फेरियो, खगराज भट्टको हातमा प्रदेश सरकार

धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै सरकारको नेतृत्व