२०८३, ३० असार बुधबार

काभ्रे कुशादेवीको आकाश भरि प्याराग्लाइडिङ (फोटो र भिडियो सहित)

काभ्रे कुशादेवीको आकाश भरि प्याराग्लाइडिङ (फोटो र भिडियो सहित)


जिल्लाको पनौती नगरपालिका वडा नम्बर २ गुर्दुमडाँडाबाट ब्यवसायीक प्याराग्लाडिङ सञ्चालनमा ल्याइएको छ । शनिबारबाट सुरु भएको विहावर क्षेत्र पर्यटन महोत्सव कै दिन ब्यवसायीक प्याराग्लाडिङ सञ्चालनमा ल्याइएको हो ।  गुर्दुमडाँडाबाट उडेको प्याराग्लाइडिङ पनौती नगरपालिकाको वडा नम्बर ३ घिमिरे गाउँमा अतवरण गर्ने ठाउँ निर्माण गरिएको छ । कुशादेवी क्षेत्र सरोकार समाजले महोत्सव अवधिभर प्याराग्लाइडिङ सञ्चालनमा ल्याउने समाजका सचिव एवं पनौती नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष पुरोषत्तम अधिकारीले जानकारी दिए ।

काभ्रेको गुर्दुमडाँडाबाट उडेको प्याराग्लाइडिङको फोटो खिच्दै स्थानीयहरु ।

२४ सय मिटर उचाईमा रहेको गुर्दुमडाँडाबाट वडाध्यक्ष अधिकारी र पाइलट आकाश खत्रीले पहिलो उडान भरेर प्याराग्लाइडिङको शुभारम्भ गरेका थिए । उक्त डाँडाबाट अवतरण स्थलसम्म पुग्न १० देखि १५ मिनेटसम्म लाग्ने गरेको पाइलटहरुले बताएका छन् । महोत्सव अवधिभर ३ हजार रुपैयाँमा प्याराग्लाइडिङ चड्न पाउने ब्यवस्था मिलाइएको छ ।

कुशादेवीको आकाशमा उडेको प्याराग्लाइडिङ

अघिल्लो वर्ष यहि डाँडाबाट प्याराग्लाइडिङको परीक्षण उडान गरिएको थियो । परीक्षण सफल भएपछि नागरिक उड्यन प्राधिकरणले प्याराग्लाइडिङकाखअनुमति दिएको पनौती नगरपालिकाका प्रमूख भिमप्रसाद न्यौपानेले जानकारी दिए । “अहिले महोत्सव अवधिभरका लागि उडान हुन्छ, उनले भने “पछि यसलाई संस्थागत रुपमै सञ्चालनमा ल्याउने योजना बनाएका छौँ ।” प्याराग्लाइडिङका पाराखिहरु अब पोखरा, राङकोट लगाएका ठाउँमा जान नपर्ने भएको छ । “यो ठाउँलाई नागरिक उड्यन प्राधिकरणले अनुमति दिइसकेको छ, नगरप्रमूख न्यौपानेले भने “आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि गुर्दुमडाँडा प्याराग्लाइडिङको उपयुक्त स्थान बनाउछाैँ ।”

 हेर्नाेस् भिडियाे काे होलिन ती साहासि महिला जसले काभ्रेको भूमिमा पहिलो पटक प्याराग्लाइडिङ चडिन

महोत्सवमा ट्राउट माछा, अर्गानिक मह, दुधका विभिन्न परिकार, ढिंडो, गुन्द्रुक, मकैका पिठोका परिकार, विहावर भेगमा उत्पादन हुने तरकारी तथा फलफुल र तिनका परिकार स्टल राखिएका छन् । महोत्सवमा हाफ म्याराथन, साइक्लिङ र हाइकिङको समेत ब्यवस्था गरिएको छ । गुर्दुमडाँडा र नागीडाँडाबाट सगरमाथा, गणेश, माछापुच्छे« लगायत हिम श्रृंखलाहरुको दृश्य अवलोकन गर्न सकिनेछ ।

कुशादेवीको आकाशमा उडेको प्याराग्लाइडिङ

 

प्रकाशित मिति : २०७५, १५ बैशाख शनिबार  ६ : ०१ बजे

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै

सरकारको कर्मचारी कटौती नीति विरुद्ध विद्रोह, अर्थ मन्त्रालय घेराउ

काठमाडौं । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध आन्दोलन

प्रतिनिधिसभाबाट दुई विधेयक समितिमा, दफावार छलफल अघि बढ्ने

काठमाडौ । प्रतिनिधिसभाले दुई महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित