२०८३, १२ आश्विन मंगलबार

मयूर यातायातका चालकमाथि कुटपिट

मयूर यातायातका चालकमाथि कुटपिट


काठमाडौबाट पनौतीका लागि यात्रु लिएर आएको मयूर यातायात प्रालिको बस चालकमाथि काभ्रेको साँगामा कुटपिट भएको छ । बा ५ ख १५४६ नम्बरको चालक रामेश्वर सुनुवार आइतबार साँझा काभ्रे मिनिबस सेवा समितिका चालक र सहचाकले कुटपिट गरेका हुन् ।

कुटपिटबाट चालक सुनुवार सामान्य घाइते भएको प्रहरीले जनाएको छ । सागाँमा काभ्रे मिनिबस सेवा समिति अन्र्तगत सञ्चालनमा रहेको बा ५ ख २६३९ नम्बरको बस चालक र सहचालकले यात्रु चढाउने विषयलाई लिएर मयूर यातायातका चालकलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी सहकुलबहादुर थापाले जानकारी दिए ।

कुटपिटमा संग्लन रहेका ५ जनालाई पक्राउ गरिएको एसपी थापाले जानकारी दिए । थापाका अनुसार पक्राउ पर्नेहरुमा काभ्रे मिनिबसका सुमन श्रेष्ठ, परिचन्द्र श्रेष्ठ, सुमन धिमाल, विजय थापा र तिर्थ तिया रहेका छन् ।

प्रकाशित मिति : २०७५, ९ बैशाख आईतबार  ८ : २५ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय