२०८३, १७ असार बिहीबार

पनौतीको विहावर क्षेत्रमा पर्यटन महोत्सव हुने

पनौतीको विहावर क्षेत्रमा पर्यटन महोत्सव हुने


पनौती नगरपालिकाको विहावर क्षेत्रमा पर्यटन महोत्सव हुने भएको छ । कुशादेवी क्षेत्र सरोकार समाजको आयोजनामा यहि बैशाख १५, १६ र १७ मा विहावर महोत्सव हुन लागेको हो ।

पर्यटन आकर्षणका लागि जिल्लामा नै पहिलो पटक प्याराग्लाइडिङ सोहि महोत्सवमा उडान गरिनेछ । ३ दिनसम्म चल्ने महोत्सवमा कुशादेवीको नयांगाउ स्थित गुर्दुम डाडाबाट कुशादेवी बजारसम्म प्याराग्याइडिङ खेल्न पाउने गरि ११ वटा प्याराग्लाइडिङ व्यवस्थापन गरिएको महोत्सव आयोजना मुल समारोहका सचिव श्रीकृष्ण थापाले जनाकारी दिए ।

महोत्सवमा ट्राउट माछा, अर्गानिक मह, दुधका विभिन्न परिकार, ढिंडो, गुन्द्रुक, मकैका पिठोका परिकार, विहावर भेगमा उत्पादन हुने तरकारी तथा फलफुल र तिनका परिकार स्टलका रुपमा रहने सचिव थापाले बताए । महोत्सवमा हाफ म्याराथन, साइक्लिङ र हाइकिङको समेत ब्यवस्था गरिएको छ । गुर्दुमडाँडा र नागीडाँडाबाट सगरमाथा, गणेश, माछापुच्छे« लगायत हिम श्रृंखलाहरुको दृश्य अवलोकन गर्न सकिनेछ ।

प्रकाशित मिति : २०७५, ९ बैशाख आईतबार  ७ : १७ बजे

महाधिवेशनअघि कांग्रेसमा शक्ति संघर्ष चर्कियो, फुटको हल्लाबीच एकताको दबाब

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा पार्टीभित्रको शक्ति

इरानको चेतावनी : ‘खामेनीको हत्याको बदला अवश्य लिनेछौँ’

काठमाडौं । इरानले पूर्व सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको हत्याको

महाधिवेशनमै ‘कच्चा तथ्याङ्क’ ! रास्वपाको सदस्यता प्रणालीमाथि गम्भीर प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम महाधिवेशनमा

जेब्राक्रसमै असुरक्षित पैदलयात्री, सरकारको ध्यान जरिबानामै !

काठमाडौं । नेपालमा सडक दुर्घटनामा पैदलयात्रीको ज्यान जाने क्रम चिन्ताजनक

मूल्य घट्दा राहत होइन, सास्ती ! आयल निगमको लाचारीले बजारमा कृत्रिम इन्धन अभाव

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएर उपभोक्तालाई