२०८१, २४ फाल्गुन शनिबार

दिल्लीबाट अाेली र माेदीले गरे उद्घाटन र शिलन्यास

दिल्लीबाट अाेली र माेदीले गरे उद्घाटन र शिलन्यास


भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पर्साको वीरगन्जमा रहेको एकीकृत सुरक्षा जाँच पोस्ट (आइसीपी)को संयुक्तरुपमा उद्घाटन गरेका छन् ।

प्रधानमन्त्रीद्वयले शनिबार नयाँदिल्लीमा स्वीच थिचेर आइसीपीको उद्घाटन गरेका हुन् । नेपाल–भारतको व्यापार–व्यवसायलाई सहजीकरण गर्नका लागि संयुक्तरुपमा यो पोस्ट तयार गरेको हो । यो पोस्ट तयार भएपछि दुवै देशलाई समान निर्यात र आयातमा फाइदा पुग्ने विश्वास लिइएको छ । आइसीपीमा विद्युत् सबस्टेसन, कार्गो भवन, क्वारेन्टाइन भवन, प्रशासनिक भवन, गोदाम, सुरक्षा ब्यारेक, शौचालय ब्लगलगायत संरचना तयार भएका छन् ।

पेट्रोलियम पाइपलाइनको शिलान्यास
शनिबारै दुवै प्रधानमन्त्रीले अमलेखगन्ज–मोतिहारी पेट्रोलियम पाइपलाइनको शिलान्यास पनि गरेका छन् । दुवै प्रधानमन्त्रीले दिल्लीको हैदरावाद हाउसबाट स्वीच थिचेर संयुक्तरुपमा पेट्रोलियम पाइपलाइनको शिलान्यास गरेका हुन् । अहिले पाइपलाइनका लागि वीरगन्जमा धमाधम पाइप आइरहेको छ । अब रुट ‘क्लेरेन्स’मा समस्या नभएका क्षेत्रबाट पाइप बिछ्याउन सुरु हुनेछ ।

प्रकाशित मिति : २०७४, २४ चैत्र शनिबार  ३ : १२ बजे

देशको आर्थिक अवस्था सुखद छैन् गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय देशको आर्थिक अवस्था

साँखुमा स्कुल बस दुर्घटना : छ जनाकाे मृत्यु, ४० घाइते 

काठमाडौं: काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक

सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल,