२०८३, २५ श्रावण मंगलबार

दिल्लीबाट अाेली र माेदीले गरे उद्घाटन र शिलन्यास

दिल्लीबाट अाेली र माेदीले गरे उद्घाटन र शिलन्यास


भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पर्साको वीरगन्जमा रहेको एकीकृत सुरक्षा जाँच पोस्ट (आइसीपी)को संयुक्तरुपमा उद्घाटन गरेका छन् ।

प्रधानमन्त्रीद्वयले शनिबार नयाँदिल्लीमा स्वीच थिचेर आइसीपीको उद्घाटन गरेका हुन् । नेपाल–भारतको व्यापार–व्यवसायलाई सहजीकरण गर्नका लागि संयुक्तरुपमा यो पोस्ट तयार गरेको हो । यो पोस्ट तयार भएपछि दुवै देशलाई समान निर्यात र आयातमा फाइदा पुग्ने विश्वास लिइएको छ । आइसीपीमा विद्युत् सबस्टेसन, कार्गो भवन, क्वारेन्टाइन भवन, प्रशासनिक भवन, गोदाम, सुरक्षा ब्यारेक, शौचालय ब्लगलगायत संरचना तयार भएका छन् ।

पेट्रोलियम पाइपलाइनको शिलान्यास
शनिबारै दुवै प्रधानमन्त्रीले अमलेखगन्ज–मोतिहारी पेट्रोलियम पाइपलाइनको शिलान्यास पनि गरेका छन् । दुवै प्रधानमन्त्रीले दिल्लीको हैदरावाद हाउसबाट स्वीच थिचेर संयुक्तरुपमा पेट्रोलियम पाइपलाइनको शिलान्यास गरेका हुन् । अहिले पाइपलाइनका लागि वीरगन्जमा धमाधम पाइप आइरहेको छ । अब रुट ‘क्लेरेन्स’मा समस्या नभएका क्षेत्रबाट पाइप बिछ्याउन सुरु हुनेछ ।

प्रकाशित मिति : २०७४, २४ चैत्र शनिबार  ३ : १२ बजे

प्रतिनिधिसभा बैठक बस्दै, खानी तथा खनिज पदार्थ विधेयक छलफलमा

काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे

सरकारी छाप दुरुपयोग गरेर GPS ट्र्याकर बेच्ने युवक पक्राउ

काठमाडौं । सरकारी स्वीकृति नलिई जिपिएस उपकरणलाई ‘सरकारी मान्यता प्राप्त’

अन्नन्त कुण्डमा आजदेखि दिव्य गंगा आरती सुरु, नेता महेश बस्नेतद्धारा उद्घाटन

भक्तपुर, २५ साउन । सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डुस्थित

रोहित आउट, सन्दीप इन ! नेपाली क्रिकेटको कप्तानीमा ठूलो फेरबदल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानीमा ठूलो परिवर्तन भएको

सरकारी कागजमै चलखेल ! ७० लाखको कारोबार देखाउन वडाध्यक्षसहित ४ जनामाथि भ्रष्टाचार मुद्दा

काठमाडौं । ७० लाख रुपैयाँको जग्गा कारोबारलाई वैध देखाउन सरकारी