२०८३, ६ आश्विन बुधबार

पुलिसलाई पराजित गर्दै मनाङ अन्तिम चारमा

पुलिसलाई पराजित गर्दै मनाङ अन्तिम चारमा


मनाङ–मर्स्याङ्दी क्लब बुटवलमा जारी तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा नेपाल पुलिस क्लबलाई २–१ ले पराजित गर्दै मनाङ अन्तिम चारमा पुगेको हो । खेलमा मनाङलाई जिताउनेक्रममा अन्जन विष्टले दुई गोल गरे भने पराजित पुलिसका तर्फबाट तेज तामाङले एक गोल फर्काए । खेलको ‘म्यान अफ दी म्याच’ पनि अन्जन विष्ट नै घोषित भए ।

योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पनि पूरा भएको छ । यसअघिका खेलमा विजयी हुँदै आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी काठमाडौं, रुपन्देहीको सुनौलो संगम क्लब र थ्रीस्टार क्लबले सेमिफाइनलको यात्रा तय गरिसकेका छन् । प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा शुक्रबार मदन भण्डारी एकेडेमी र थ्रीस्टारबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : २०७४, १५ चैत्र बिहीबार  ६ : ५९ बजे

ओलीलाई सम्मानजनक बहिर्गमनको प्रस्ताव, योगेशले मागे तत्काल नयाँ नेतृत्व

काठमाडौं । नेकपा एमालेभित्र नेतृत्व परिवर्तनको बहस फेरि सतहमा आएको

विदेशमा रहेका नेपालीको आवाज एमालेले सुन्नुपर्छ : डा. भीष्म अधिकारी

ललितपुर । नेकपा एमालेका केन्द्रीय सदस्य डा. भीष्म अधिकारीले विदेशमा

प्रवासी नेपाली मञ्च जापानमा भण्डारीको नेतृत्व, यस्तो बन्यो नयाँ कमिटी

जापान । प्रवासी नेपाली मञ्च, राष्ट्रिय कमिटी जापानको अध्यक्षमा बाबुराम

एमाले बैठकमा राजन भट्टराईको जोडः नयाँ पुस्ताले पार्टीमा भविष्य देख्नुपर्छ

काठमाडौं । नेकपा एमालेका सचिव राजन भट्टराईले पार्टीको आगामी दिशाबारे

वागमती प्रदेशका मुख्यमन्त्री किरण थापाको पुर्ननिर्माणका लागि सहयोग गर्न स्थानीय तहलाई आग्रह

ललितपुर, ७ असोज । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले भदौ