२०८३, ९ असार बुधबार

ज्वाइँद्वारा श्रीमती र सासूमाथि खुकुरी प्रहार

ज्वाइँद्वारा श्रीमती र सासूमाथि खुकुरी प्रहार


पाँचथर, ३१ साउन: पाँचथरको कुम्मायक गाउँपालिका–१ पेनधारास्थित एक व्यक्तिले आफ्नै श्रीमती र सासूमाथि खुकुरी प्रहार गरेका छन् । झापा जिल्ला दमक नगरपालिका–२ मिलडाँडाका जीवन दर्नालले सासू र श्रीमतीलाई खुकुरी प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिल पौडेलका अनुसार जीवनको खुकुरी प्रहारबाट उनकी श्रीमती २० वर्षकी सीता दमाई र सासू ५० वर्षकी भीमकला दमाई घाइते भएका छन् ।

माइतबाट घर लैजान आएका दर्नालले श्रीमती घर जान नमानेपछि खुकरी प्रहार गरेको पौडेलले जानकारी दिनुभयो । पाँच दिन अगाडि श्रीमती लिन दर्लान ससुराली आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । खुकुरी प्रहारबाट भीमकलाको बायाँ हात, बायाँ गालामा र सीताको बायाँ हातमा गम्भीर चोट लागेको उहाँको भनाइ छ ।

सीताको अवस्था गम्भीर रहेको पौडेले जानकारी दिनुभयो । घाइते दुवैको जिल्ला अस्पताल पाँचथरमा उपचार हुन नसकेपछि झापा पठाइएको उहाँले बताउनुभयो । आज बिहान करीब ९ बजेको समयमा खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएर दर्नाल फरार भएको पौडेलले बताउनुभयो । फरार दर्नालको खोजी कार्य भइरहेको उहाँको भनाइ छ ।रासस

प्रकाशित मिति : २०७६, ३१ श्रावण शुक्रबार  ६ : ४७ बजे

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा

मनसुन कमजोर, तराईमा तातो लहरको जोखिम

काठमाडौं । देशमा मनसुन भित्रिए पनि कमजोर अवस्थामा रहेकाले तत्काल

रास्वपा सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदका लागि