२०८३, १३ कार्तिक शुक्रबार

मण्डन देउपुरका महिला स्वास्थ्य स्वयं सेविकालाई मासिक १५ सय

मण्डन देउपुरका महिला स्वास्थ्य स्वयं सेविकालाई मासिक १५ सय


काभ्रे, ३१ साउन : मण्डन देउपुर नगरपालिकामा महिला स्वास्थ्य स्वयं सेविकाहरुलाइ यतायात खर्चबापत प्रति महिना १ हजार ५ सय दिने घोषणा गरेको छ । शुक्रबार नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख टोकबहादुर तामाङले सो घोषणा गर्नु भएको हो ।

कार्यक्रममा बोल्दै वाइबाले नगरको प्राथमिकता स्वास्थ्य र शिक्षामा भएको बताउदै महिला स्वास्थ्य स्वयं सेविकाहरुको भूमिका महत्वपूर्ण हुने भन्दै प्रोत्साहन स्वरुप भत्ता उपलब्ध गराईएको बताउनु भयो । चालु आर्थिक वर्षमा प्रत्येक वाडामा खोप तथा गर्भजांच केन्द्र निर्माण गर्ने बताउदै उहाँले यस्का लागी बजेटसमेत ब्यबस्थापन गरेको बताउनु भयो । कार्यक्रममा नगर प्रमुख वाइबाले आफ्नो अधिकारसँगै कामप्रति उत्तरदायी हुन निर्देशन दिनु भयो ।

स्वास्थ्य चौकी स्तरमा नियमित बैठक गर्न वडा अध्यक्षहरुलाइ र स्वास्थ्यकर्मीलाई आग्रह गर्दै उहाँले नगरको केन्द्रबाट टाढा रहेका संस्थाहरुमा प्राथमिकताका साथ कार्यक्रम बिस्तार गर्ने उहाँको भनाई थियो । कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका सीता लामा, स्वास्थ्य चौकी इन्चार्ज सत्यनारायण ठाकुर, स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक कमलेश मिश्र, कार्यपालिका सदस्य सावित्री जमकट्टेल, झलक पौडेल, नगर प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपाने, गोरखापत्र सस्थानका कानुनी सल्लाहकार कुमार भट्टराई, नगर उपप्रमुख निर्मला शाहीले स्वास्थ्य शाखा र स्वास्थ्य चौकीले गरेका कार्यहरुको बारेमा आफ्ना भनाइ राख्नु भएको थियो ।

प्रकाशित मिति : २०७६, ३१ श्रावण शुक्रबार  ५ : ४१ बजे

काठमाडौंमा बिहानैदेखि झरी, जनजीवन प्रभावित; भारी वर्षाको चेतावनी

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएपछि जनजीवन

लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीको ८ राउण्ड फायर, दुई भारतीय घाइते, तीन पक्राउ

विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ

पर्यटनमा विश्वास जगाउन मे २०२७ मा विश्व शान्ति पूजा

काठमाडौं । पछिल्लो समय हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र प्राकृतिक

कालीमाटीमा आज तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् सूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका

आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा अति भारी वर्षाको चेतावनी

काठमाडौं । देशका अधिकांश स्थानमा आज र भोलि मेघगर्जन, चट्याङसहित