२०८२, ७ फाल्गुन बिहीबार

इन्द्रावती तिमी राज गर, म भक्ती गाउँछु । (फोटो फिचर)

इन्द्रावती तिमी राज गर, म भक्ती गाउँछु । (फोटो फिचर)


कुनै बेला अविरल बग्ने इन्द्रावती । हिजोआज त्यहि अवस्थामा बगेको छ कि छैन् होला ? इन्द्रावती आसपासका स्थानीयले त देखेकै छन् । त्यो भन्दा बढी इन्द्रावती दोहन गरिरहेकाले मज्जाले हेरिरहेका छन् । स्थानीयहरु बेलाबखत कराउँछन्, इन्द्रवती केहिदिन संलिएर बग्छ । फेरी उस्तै भै हाल्छ ।

बगरमा खेती गर्दै आएका स्थानीयहरुको खुशी लुटेर क्रसर ब्यवसायीले प्रशासनकै धज्जी उडाइरहेका छन् । स्थानीयको भनाईमा प्रशासनकै मिलेमत्तोमा उनीहरुले नदीलाई जुकाले चुसे झै चुसिरहेका छन् । जुकाको त सिजन आउँछ । रगतले टन्न भएपछि झर्छ । तर नदी चुसिरहेकाहरुको न कुनै सिजन छ । न त कुनै बिश्राम । शान्त, कञ्चन सुसेली हाल्दै बग्ने इन्द्रावती तिमीलाई हिजो आज किन सङ्लिएको देख्नै सक्दैन् । ती मान्छेहरु । जो मान्छेले तिम्रो अस्मिाता लुटिरहेका छन् । किन भेला, बाढी बनेर बनाउँदैनौँ ।

तिमीलाई सधै धमिलो बनाइरहने संरचनालाई ।तिमी बग्ने सतह साविकको भन्दा झण्डै ५ फिट गहिरिसकेको छ । साउनको भेलले बचेका बगर टाकुरा जस्तै बनिसके । स्काभेर प्रयोग गरेर तिम्रो स्वतन्त्रतालाई छेकिरहेका छन् । आफ्नो अनुकुल बाटो बनाएर, ढुंगा निकालिरहेका छन् । इन्द्रवती के तिमी हिड्ने बाटो कहिले सिधा हुन्छ ? माझी समुदायको छाक खोसिएको छ । भूकम्पप्रभावित वस्तीले तस्करहरुलाई नियाली रहेछ । गत बैशाखमा सकिएको चुनाव पछि संलिएर बक्ने सपना त तिम्रो पनि थियो होला । तर त्यो पुरा हुने छाटकाट देखिएको छैन । तिमीलाई सङलो पार्ने भनेर हामीसँग भोट मागेर जितेकाहरु पनि अहिले धमिल्याउनेहरुसँगै पो मिलेका छन् अरे ।

सिडियो, एसपीको नेतृत्वमा बेला बखत एक हुल मान्छे तिमीलाई नियाल्न त आइपुग्छन् । तिम्रो पिडामा मोलम लगाउन भन्दै । तर तिम्रो पिडा एक,दुईवटा सिउरमा साटेर फर्कछन् । सुनेको छु तिम्रो पिडामा अझ धेरै रमाएउँदै कयौँ हात्तिको बथान सुर्के थैलीमा पोको पारेर फर्किएको । इन्द्रावती तिम्रो छातीमा राजहरु कति भक्त हुदाँ हुन ।

प्रकाशित मिति : २०७४, १० चैत्र शनिबार  ६ : ४३ बजे

अमित लामालाई तेमालमा भव्य स्वागत, समाजवादी नेता घर फर्किए

काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी)का केन्द्रीय सदस्य तथा

सिन्धुलीमा एक सय बढी नेकपा कार्यकर्ता एमालेमा समाहित, मरिणबाट उठ्यो बिद्रोहको झण्डा

सिन्धुली । नेपाली कम्युनिष्ट पार्टीका एक सय भन्दा बढी स्थानीय

महेश बस्नेत : बालकोटको साँझ उठ्यो जनविश्वासको हुँकार…

भक्तपुर । साँझ ढल्किसकेको थियो । बालकोटका घर र गल्लीहरूमा

राजनीति वालवालिकाको सुन्दर भविश्यका निम्ती केन्द्रीत हुनुपर्छः मनोजजंग

सिन्धुलीः नेकपा एमालेका तर्फबाट सिन्धुली क्षेत्र नंं २ का उमेदवार

नेपाली कांग्रेसले सार्वजनिक गर्‍यो १०‑बुँदे प्रतिज्ञापत्र

काठमाडौँ । नेपाली कांग्रेसले आज जनकपुरमा आयोजित कार्यक्रममार्फत आफ्नो प्रतिज्ञापत्र