२०८२, ११ फाल्गुन सोमबार

बस पल्टिँदा दुईको मृत्यु , १९ घाइते

बस पल्टिँदा दुईको मृत्यु , १९ घाइते


उर्लाबारी, २ साउन: मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गमा आज बस पल्टिँदा दुईको मृत्यु भएको छ । मृत्यु हुनेमा बसका सहचालक मोरङकै कानेपोखरी गाउँपालिका–३ का ३१ वर्षीय टीकाराम थापा र बसमा सवार नामथर वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष रहेका छन् । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ख ४८४२ नम्बरको बसले विपरीत दिशाबाट जाँदै गरेको मे १ च ५३९१ नम्बरको पिकअपलाई ठक्कर दिँदा बस अनियन्त्रित भई दुर्घटना भएको थियो ।

वतन नखुलेको पुरुष घटनास्थलमा नै मृत्यु भएको थियो भने बसका सह–चालकको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिनुभयो ।

दुर्घटनाका घाइते पाँच जनाको न्यूरो अस्पताल विराटनगरमा, आठ जनाको मोरङ डाइनेष्टिक अस्पताल पथरीमा र छ जनाको पथरी अस्पताल पथरीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।रासस

प्रकाशित मिति : २०७६, २ श्रावण बिहीबार  ५ : ३८ बजे

प्रत्येक मतदान केन्द्रमा ३० स्वयंसेवक खटाइने : ओली

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

सर्लाही-४ का लागि गगन थापाको क्षेत्रगत प्रतिज्ञा पत्र सार्वजनिक

सर्लाही । नेपाली कांग्रेस का सभापति गगन कुमार थापा ले

प्रलेसका अध्यक्ष रक्तिम लामाको प्रस्ताव : काभ्रे-१ मा अमित लामालाई निर्विरोध घोषणा गरौँ

काठमाडौं । प्रगतिशील लेखक संघ प्रलेस काभ्रेका अध्यक्ष रक्तिम लामाले

घरदैलोमा महेश बस्नेतको साथमा युवा पुस्ता, चित्तपोलवाीको आव्हान, सूर्यमा मतदान

भक्तपुर, ११ फागुन । सूर्यविनायक नगरपालिका–१० चित्तपोलको कालापत्र सडकदेखि चोकचोकको