२०८३, १३ कार्तिक शुक्रबार

काभ्रेबाट एक बिहानै आयो दुखद खबर: बुहारीले गरिन् सासुको हत्या

काभ्रेबाट एक बिहानै आयो दुखद खबर: बुहारीले गरिन् सासुको हत्या


काभ्रे, साउन १: काभ्रेको धुलिखेल नगरपालिका वडा नं १ देबीटार छहरेमा बुहारीले सासुको हत्या गरेकी छन् । बनेपा प्रहरीका अनुसार २६ वर्षीया बुहारी सुन्तली तामाङले ६५ वर्षीया सासु माइली तामाङको हत्या गरेको हो ।

मंगलबार राती करिब ८ बजेतिर बुहारी सुन्तली तामाङ र सासु माइली तामाङ बीच घरयासी झगडा भएका थिए । घटना स्थलमा पुगेका बनेपा इलाका प्रहरी कार्यालयका इन्सपेक्टर निरंजन भट्टराई का अनसार मृतक माइली तामाङको टाउकोमा गम्भीर चोट लागेको छ ।

अहिले शव पोस्टमार्टमका लागि शीर मेमोरियल अस्पताल बनेपा घोकीचौरमा राखिएको छ । अनुसन्धानका लागि बुहारी सुन्तली तामाङ र छोरा धावा तामाङलाई प्रहरीको नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी दिपक गिरीले बताए ।

प्रकाशित मिति : २०७६, १ श्रावण बुधबार  ७ : २९ बजे

काठमाडौंमा बिहानैदेखि झरी, जनजीवन प्रभावित; भारी वर्षाको चेतावनी

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएपछि जनजीवन

लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीको ८ राउण्ड फायर, दुई भारतीय घाइते, तीन पक्राउ

विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ

पर्यटनमा विश्वास जगाउन मे २०२७ मा विश्व शान्ति पूजा

काठमाडौं । पछिल्लो समय हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र प्राकृतिक

कालीमाटीमा आज तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् सूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका

आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा अति भारी वर्षाको चेतावनी

काठमाडौं । देशका अधिकांश स्थानमा आज र भोलि मेघगर्जन, चट्याङसहित