२०८२, ११ फाल्गुन सोमबार

बाढीको त्रासले रातभर जाग्राम

बाढीको त्रासले रातभर जाग्राम


घोडाघोडी, ३० असार: जब वर्षायाम शुरु हुन्छ तब कैलालीका धेरैजसो ठाउँका बासिन्दाको मुटु काँप्छ । उनीहरू वर्सेनी आउने बाढीबाट त्रसित छन् । बाढी आउला कि भनेर नदी किनारमा रातभर पालैपालो जागाराम बस्छन् । वर्षा हुन थाल्यो भने स्थानीयवासी नजिकै रहेको नदीको बहाव हेर्न पुग्छन् । यदी रातिको समयमा वर्षा भइरहेको छ भने उनीहरू पालैपालो रातभरी जाग्राम बसेर नदीको बहाव हेर्ने गर्छन् ।

विगतका वर्षमा बाढीबाटपीडित बनेका घोडाघोडी नगरपालिका–१० खल्ला गाउँका दिलीपसिंह बोहरा पानी पर्न थालेपछि कान्द्रा नदीमा आएको बाढीले सुतिरहेको समयमा आफ्नो घर बगाएको पीडा सम्झिनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पानी पर्न थाल्यो की मुटुले ठाउँ छाड्न थाल्छ । विगतमा घर बगाउँदा राम्रोसँग सुत्न, खान नपाएको पीडा फेरि बल्झन्छ कि भनी पिर लागेर आउँछ ।”

बाढीको त्रासमा रहेको यसक्षेत्रका अधिकांश पुरुष तथा युवा रोजगारीका लागि भारतलगायत विभिन्न मुलुकमा रहेका कारण महिला, वृद्ध तथा बालबालिका मात्रै गाउँमा छन् । घुम्नि भाकलका रिताकुमारी थारुले भन्नुभयो, “घरका पुरुष जति धन कमाउन परदेशमा हुन्छन् । यहाँ हामी बाढीको त्रासमा छौँ । कसैले हाम्रो पीडा सुन्दैनन् । पानी पर्ना साथ मुटुले ठाउँ छाड्छ ।”

बमढीबाट प्रभावित घोडाघोडी–९ रत्तिपुरका बासिन्दा पनि वर्षा शुरु भएसँगै त्रसित हुने गर्छन् । उनीहरूको पीडा पनि उस्तै छ । चुरेको सिरानमा रहेको यस गाउँका बासिन्दा बाढी आउने डरले जाग्राम बस्ने गरेको पिडा सुनाउँछन् । स्थानीयवासी श्याम चौधरी वर्षायामसँगै हरेक वर्ष बाढीले गाउँ डुबाउने गरेको बताउनुभयो । सधैँ बाढीको समस्याबाट गुज्रिएका यहाँका बासिन्दाले बस्ती स्थानान्तरणको माग गर्दै आएका छन् । विसं २०६८ को बाढीबाट घरबारबिहीन भएका घुम्निभाकलका दिलबहादुर नेपालीले भन्नुभयो,“सधैँ यही बाढीको समस्या आइरहन्छ । हरेक वर्ष झै यसवर्ष पनि हामी गाउँले मिलेर तीन सय मिटर लामो जैविक तटबन्ध निर्माण गरेका छाँै । तर, प्रत्येक वर्ष गाउँले बनाउने तटबन्ध बाढीले बगाउने गरेको छ ।”

विगतका कैयौँ वर्षदेखि निरन्तर बाढीको चपेटामा पर्ने भजनी नगरपालिकाको लालबोझीका बासिन्दा पनि बाढीको डरले रातभर सुत्दैनन् । स्थानीयवासी हरिराम चौधरीले भन्नुभयो, “वर्सेनी बाढी आउँछ हामी आफ्नो ज्यान त जसोतसो गरेर जोगाउँछौ तर, आफ्नो ज्यान जोगाउने ध्यानमा कहिलेकाहीँ बस्तुभाउ र अन्नबाली जोगाउन सक्दैनांै ।” घोडाघोडीका नगर प्रमुख ममताप्रसाद चौधरीले कान्द्रा नदी किनारको बस्ती बचाउने गरी गुरुयोजना बनाएर काम गर्न नगरपालिकाले पहल गरिरहेको बताउनुभयो । रासस

प्रकाशित मिति : २०७६, ३० असार सोमबार  ७ : ३२ बजे

प्रत्येक मतदान केन्द्रमा ३० स्वयंसेवक खटाइने : ओली

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

सर्लाही-४ का लागि गगन थापाको क्षेत्रगत प्रतिज्ञा पत्र सार्वजनिक

सर्लाही । नेपाली कांग्रेस का सभापति गगन कुमार थापा ले

प्रलेसका अध्यक्ष रक्तिम लामाको प्रस्ताव : काभ्रे-१ मा अमित लामालाई निर्विरोध घोषणा गरौँ

काठमाडौं । प्रगतिशील लेखक संघ प्रलेस काभ्रेका अध्यक्ष रक्तिम लामाले

घरदैलोमा महेश बस्नेतको साथमा युवा पुस्ता, चित्तपोलवाीको आव्हान, सूर्यमा मतदान

भक्तपुर, ११ फागुन । सूर्यविनायक नगरपालिका–१० चित्तपोलको कालापत्र सडकदेखि चोकचोकको