२०८३, ३० असार बुधबार

बनेपामा अाज पनि नयाँ बस छेक्न पुराना बस ब्यवासीय समितीका पदाधिकारी तैनाथ

बनेपामा अाज पनि नयाँ बस छेक्न पुराना बस ब्यवासीय समितीका पदाधिकारी तैनाथ


बनेपा । काभ्रेकाे बनेपा चार दाेबाटाेमा अाज पनि नयाँ बस राेक्न भन्दै पुरानाे बस ब्यवसायी समितीका पदाधिकारी अबरोधमा उत्रिएका छन्र । काभ्रे बस र काभ्रे मिनिबस सेवा समितिको दादागीरी र सिन्डीकेट रहेको यस रूटमा मयुर यातायात प्रा.लिकाे वाइफाई सुविधा सहितको नयाँ बस अहिले बनेपामा आउने भएपछि बाटो छेक्न सामितिका पदाधिकारी तैनाथ भएका हुन् । मयूर यातायात बनेपामा आउने भएपछि झडप हुने संभावनालाई मध्यनजर गरी जिल्ला प्रहरी कार्यालयले बनेपा साँगा पुल बजार क्षेत्रमा प्रहरी परिचालन गरेकाे छ।

मयूर यातायात प्रालिले हिजाेबाट बनेपा काठमाडौं चक्रपथ परिक्रमा ग र्ने गरी बस सेवा सुरु गरेको छ । नयाँ समितिको बस कोटेश्वर–लोकन्थली, कौशलटार, गठ्ठाघर,सल्लाघारी, सूर्यविनायक,जगाती, साँगा, बनेपा हुँदै सोही सडक फिर्ता हुने गरी रुट तय गरेको छ । प्रालीले यातायात व्यवस्था विभागको अनुमति पत्र नं ११०६ समेत बसको अगाडी भागमै उल्लेख गरेको छ ।

यस रुटमा दादागीरी देखाउदै थोत्रा बस संचालन गदै आएका काभ्रे बस र काभ्रे मिनिबस सेवा समितिका पदाधिकारीहरुले बनेपाको चारदोबाटोमा जम्मा भई नयाँ सुविधा सम्पन्न गाडीलाई रोक्ने र यात्रुहरुलाई चड्न नदिने कार्य गर्दै अाएका छन् । तर काभ्रे उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समाजसेवी कृष्णगोपाल भैलले मयुर बसको स्वागतमा फेसबुक बाटै स्वागत गरेको छ ।

उनले आफ्नो फेसबुक वालमा लेखेका छन ‘स्वागत गरौं सम्पूर्ण बनेपा बासीका तर्फबाट, काभ्रेको बनेपाबासीहरुलाई खुशिको खबर । आजबाट मयुर यातायातको काठमाडौको चक्रपथ परिक्रमा गर्दै बनेपासम्म नयां बस सेवा शुरु भयो ।’ स्मरण रहोस काभ्रे बस र काभ्रे मिनिबस सेवा समितिका दर्जनौं बसहरु २० वर्ष पुराना थोत्रा रहेका छन् ।

प्रकाशित मिति : २०७४, २ चैत्र शुक्रबार  ११ : १६ बजे

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै

सरकारको कर्मचारी कटौती नीति विरुद्ध विद्रोह, अर्थ मन्त्रालय घेराउ

काठमाडौं । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध आन्दोलन

प्रतिनिधिसभाबाट दुई विधेयक समितिमा, दफावार छलफल अघि बढ्ने

काठमाडौ । प्रतिनिधिसभाले दुई महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित