२०८३, ४ आश्विन सोमबार

बाढीपहिरोबाट ३२ जनाको मृत्यु, १७ जना बेपत्ता

बाढीपहिरोबाट ३२ जनाको मृत्यु, १७ जना बेपत्ता


काठमाडौँ, २८ असार:अविरल वर्षापछि आएको बाढी र पहिराका कारण मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । सत्र जना बेपत्ता भएका छन् । प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाका अनुसार हालसम्म विभिन्न ठाउँबाट ८३१ जनाको उद्धार गरिएको छ । बाढीपहिरोमा परी १२ जना घाइते भएका छन् । बाढी पहिरोमा परी ललितपुरमा पाँच तथा काठमाडौँ, खोटाङ, काभ्रेपलाञ्चोक, भोजपुर र मकवानपुरमा तीन÷तीन जनाको मृत्यु भएको छ ।

यस्तै धादिङ र सिन्धुलीमा दुई÷दुई तथा ओखलढुङ्गा, पर्सा, रामेछाप, इलाम, झापा, सुनसरी, बारा र चितवनमा एक÷एक जनाले ज्यान गुमाएको थापाले जानकारी दिनुभयो । महोत्तरीमा ५००, रौतहटमा २००, सिन्धुलीमा ७०, काठमाडौँमा ४२, उदयपुरमा १०, ललितपुरमा तीन, सिरहामा दुई तथा खोटाङ, भक्तपुर, सुनसरी र मकवानपुरमा एक÷एक जनाको उद्धार गरिएको छ । मकवानपुरमा चार, काभ्रेमा दुई तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन एक÷एक जना घाइते भएका छन् ।

सिन्धुलीमा चार, भोजपुरमा दुई तथा काठमाडौँ, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, धादिङ, मकवानपुर र ललितपुरमा एक÷एक जना बेपत्ता भएको थापाले बताउनुभयो । बाढी र पहिरोबाट प्रभावित ठाउँमा सुरक्षा निकाय परिचालन गरी उद्धार तथा बेपत्ताको खोजी कार्य तीव्र पारिएको छ । विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य जारी रहेको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयले उद्धार र राहत वितरणलाई प्रभावकारी बनाएको जनाएको छ ।रासस

प्रकाशित मिति : २०७६, २८ असार शनिबार  ७ : २३ बजे

सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ? 

काठमाडौं । बलिउड अभिनेता सलमान खानले आफ्नो तौल र रूपरङलाई

एमाले कार्यदल बैठक लम्बियो, सचिवालय बैठक ३ बजे सर्‍यो

काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको

संविधान दिवसमा २०० विद्यार्थीलाई कपडा वितरण

काठमाडौं । १२औँ संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ को अवसरमा

भारतको सहयोगमा ‘ब्रेक’ : नेपालले विस्तृत पुनर्निर्माण प्रस्ताव नदिएसम्म रकम घोषणा नहुने

काठमाडौं । भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग माग्न पुगेका