२०८३, १३ कार्तिक शुक्रबार

न्यातपोलको गजुरमा झण्डोत्तोलन

न्यातपोलको गजुरमा झण्डोत्तोलन


भक्तपुर, १८ असार : भक्तपुरको प्रसिद्ध पाँचतले मन्दिरको गजुरमा आज बुसाँरा मनाइएको छ । हरेक वर्ष असार शुक्ल प्रतिपदाको दिन बुसाँरा अर्थात् झण्डोत्तोलन गर्ने परम्परा अनुसार आज बुसाँरा गरिएको तलेजूका मूल नाइके नरेन्द्रप्रसाद जोशीले बताउनुभयो ।

पाँचतले मन्दिर निर्माण सम्पन्न भएको उपलक्ष्यमा नेपाल संवत् ८२२ मा भूपतिन्द्र मल्लको पालादेखि यो परम्परा हरेक वर्ष चल्दै आएको उहाँले बताउनुभयो । पाँचतले मन्दिरको छाना बनाउने काम शुरुदेखि गर्दै आएका तुछिमलाका २० जना अवाल पाँच तले मन्दिरको टुप्पोमा पुगेर झण्डोत्तोलन गरेका हुन् ।

तुछिमला टोलसुधार समिति अध्यक्ष हरिशरण अवालले बुसाँराका लागि हरेक वर्ष ज्यान जोखिममा राखेर २० जना अवाल पाँचतले मन्दिरमाथि जाने गरेको बताउनुभयो । आर्थिक अभावका कारण यो परम्परा लोप हुने अवस्थामा पुगेको बताउँदै उहाँले स्थानीयवासी बसेर भोजसमेत खानुपर्ने परम्परा रहेको बताउनुभयो । यसवर्ष गुठी कार्यालयले रु १० हजार उपलब्ध गराए पनि यो रकम अपुग रहेको उनीहरुको भनाइ छ ।

टौमढी टोलका भैरवनाथ एकदम डरलाग्दो, रिसाहा र घमण्डी, आफू नै ठूलो भन्ने भैरवनाथलाई शान्त पार्र्नका लागि भैरवनाथको अगाडि सिद्धिलक्ष्मीे स्थापना गरिएको भनाइ छ । भैरवनाथ भन्दा ठूलो मन्दिर बनाएपछि भैरवनाथको रिस कम गर्न अग्लो पाँचतले मन्दिरलाई बनाइएको भनाई रहदै आएको छ । रासस

प्रकाशित मिति : २०७६, १८ असार बुधबार  ६ : २९ बजे

काठमाडौंमा बिहानैदेखि झरी, जनजीवन प्रभावित; भारी वर्षाको चेतावनी

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएपछि जनजीवन

लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीको ८ राउण्ड फायर, दुई भारतीय घाइते, तीन पक्राउ

विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ

पर्यटनमा विश्वास जगाउन मे २०२७ मा विश्व शान्ति पूजा

काठमाडौं । पछिल्लो समय हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र प्राकृतिक

कालीमाटीमा आज तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् सूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका

आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा अति भारी वर्षाको चेतावनी

काठमाडौं । देशका अधिकांश स्थानमा आज र भोलि मेघगर्जन, चट्याङसहित