२०८२, २७ चैत्र शनिबार

च्याम्राङबेसीका युवातीहरु सिप सिकेर स्वरोजगार बन्दै

च्याम्राङबेसीका युवातीहरु सिप सिकेर स्वरोजगार बन्दै


काभ्रे च्याम्राङबेसीकी शुशिला योञ्जनलाई जागिर नपाइएला कि भन्ने चिन्ता पट्क्कै लागेको छैन् । उसो त अघिल्लो वर्ष कक्षा १२ पास गरेकी उनीले जागिर खोजी हिड्ने झन्झड पनि गरिनन् । “पढेर मात्रै के गर्ने, जागिर पाउन त आफ्नो मान्छे चाहिदोरहेछ ठाउँमा, उनले भनिन्, त्यसैले अहिले जागिर खोज्न भन्दा सिपसिकि रहेको छु, धेरै कुरा जानिपनि सके ।” हातमा सिप भयो भने जहाँ गएपनि सजिलो हुने उनको बुझाई छ ।

उनीसँगै कक्षा १२ सम्मको पढाई पुरा गरेकी यहि गाउँकी मखमली गोले सिङतानले पनि अहिले सिलाई सिकिरहेकी छिन् । विहानै उठ्छिन्, घरधन्दा सकेर, नजिकैको सिलाई तालिम केन्द्रमा पुग्छिन् । “पढेर जागिर नै खानुपर्छ भन्ने पनि छैन्, उनले भनिन्, आपत विपतका बेला सबैभन्दा साथ दिनेभनेको सीप नै रहेछ ।” सुशिला र मखमली सहित यो गाउँका ९ जना युवतीहरु अहिले सिलाई तालिम लिएर गाउँका आमा, काकी, दिदीबहिनीले लगाउने कपडा सिलाउन सक्ने भइसकेका छन् । उनीहरुलाई चाँहि तालिम गाउँकै बिना लामा र सञ्जीता लामाले सिकाइरहेका छन् । ४ वर्षअघि तालिम लिएर बिना र सञ्जीताले गाउँमै टेलर र टेनिङ सेन्टर खोलेका छन् ।

सुरुमा मेसिन चलाउन, कैची समाउन र कपडा नाप्न निकै गाह्रो पथ्र्यो अनिता तिमल्सिनालाई । तर अहिले निर्धक्कसँग मेसिनको पाउजन घुमाउछिन् । सिलाईको डोप दायाँबायाँ पार्दिनन् । “सुरुमा हात काप्थ्यो, उनले भनिन “तर अहिले बानी लाग्यो सक्यो, ससाना बालबालिकाको कपडाहरु सिलाउन सक्ने भइसके ।” घरधन्दा गरेर उप्रिएको समयमा सिलाई गर्ने हो भने घरखर्च लचाउन सकिने अहिले तालिम दिदैँ आएका प्रशिक्षकहरुको भनाइ छ । “आफु र परिवारको कपडा सिलाउन मात्रै सजिलो होइन, आयआर्जन गरेर आफै ब्यवसाय सञ्चालन गर्न पनि सकिन्छ ।” बिना लामाले भनिन । गाउँमा भूकम्पपछि उनीहरुले यसरी सिलाई सिप सिकिरहेका छन् । अब आफै स्वरोगार बन्ने योजना बनाइरहेका छन् उनीहरु ।

तालिमका लागि ग्रामीण समाज कल्याण संघ (आर्सो नेपाल) बनेपाको समन्वयमा मर्सिकोर नेपालले आर्थिक गरेपछि थप हौसाला मिलेको सरिता घिमिरेले बताइन् । “मनभित्र सिप सिक्ने इच्छा त पहिला देखिनै थियो, तर कहाँ गएर सिक्ने केहि थाहा थिएन्, उनले भनिन्, “पछि उहाँहरुले केहि रकम हाम्रो लागि छुट्याइदिनुभयो अहिले सिप सिक्न पाएका छाँै ।” भूकम्प पुनर्लाभ कार्यक्रम अन्तर्गत उनीहरुलाई आर्थिक सहयोग गरिएको उक्त कार्यक्रमका संयोजक माधवराज मैनालीले बताए । यो कार्यक्रम सन् २०१५ डेसेम्बर १ देखि सञ्चालन भइरहेको छ । यो कार्यक्रमले, विपत्त जोखिम न्यूनिकरण, वित्तिय सेवा तथा जिवीकोपार्जन र बजार ब्यवस्थापन र लैगिंक तथा समावेशीकरणका क्षेत्रमा काम गर्दे आएको छ । “अहिले यो ३ महिनाको मात्रै तालिम हो, मैनालीले भने “सहभागिहरुले थप अन्य कोर्ष गर्न चाहेमा कार्यक्रम रहदाँसम्म हाम्रो सहयोग जारी रहन्छ ।” कार्यक्रम सकिएपनि गाउँकै सहकारीबाट ऋण लिएर ब्यापार ब्यवसाय गर्न सक्ने मैनालीले बताए । उक्त सहकारीहरुलाई यस कार्यक्रम अन्तर्गत आर्थिक सहयोग गरिएको छ ।

प्रकाशित मिति : २०७४, २७ फाल्गुन आईतबार  ५ : ३८ बजे

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४

अमेरिकासँगको वार्ताका लागि इरानको उच्चस्तरीय टोली इस्लामावाद पुगे

काठमाडौं । अमेरिकासँगको शान्ति वार्ताका लागि इरानको उच्चस्तरीय प्रतिनिधिमण्डल पाकिस्तानको

अमेरिका र इरानबीच इस्लामावादमा वार्ता

काठमाडौं । पाकिस्तानको मध्यस्थतामा आज इस्लामावादमा अमेरिका र इरान बीच

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण