२०८२, ८ पुस मंगलबार

काभ्रेका स्थानीय तहको नीति तथा बजेट : कतै विवाद कतै दफावार छलफल

काभ्रेका स्थानीय तहको नीति तथा बजेट : कतै विवाद कतै दफावार छलफल


काभ्रे । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बजेट पेश तथा पास गरी खर्च गर्ने सम्बन्धमा जारी गरेको अन्तिम मितिसम्ममा पनि काभ्रेका प्रायः स्थानीय तहले झारो टार्ने हिसाबले मात्रै बजेट पेश गरेको पाइएको छ । कतिपयले त्यस्तै बजेट समेत प्रस्तुत गरेका छैनन् । देशभरका स्थानीय तहलाई १० गते नै पेश गर्न मन्त्रालयले डेटलाईन दिएको थियो । विवाद लगायत विविध कारणले हुन नसकेका कतिपय स्थानीय तहले छलकपट गरी मंगलबारकै डेट राखेर विधि पु¥याउने तयारी गरिरहेको बुझिएको छ ।

मण्डन देउपुरका नगरपालिकाको नगर सभामा सभागी कार्यपालिका सदस्यहरु

गाउँसभामा पेश गरिएको बजेट, नीति तथा कार्यक्रमलाई आगामी ३० गतेसम्म दफाबार छलफल गरी अन्तिम रुप दिनुपर्ने मन्त्रालयको निर्देशन छ । यही सभामा स्थानीय सरकारले आफ्ना कतिपय ऐन नियमलाई समेत परिमार्जन गर्न सक्ने व्यवस्था छ । काभ्रेका केही बाहेक सबै स्थानीय तहमा कतै छिटफूट त कतै चर्को विवादबीच गाउँसभा बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत गर्नुपर्ने बजेट, नीति तथा कार्यक्रम पेश गरिएका छन् । दलीय हठका कारण भएको विवादले बजेट र कार्यक्रम प्रभावित हुने देखिएको छ ।

काभ्रेको १३ स्थानीय तहमध्ये तेमालमा भएको विवाद यो समाचार तयार पार्दासम्म टुंगिएको छैन । गाउँपालिकाले बजेट, नीति तथा कार्यक्रमका लागि बोलाएको गाउँ कार्यपालिकाको बैठक २ पटकसम्म निष्कर्ष विहिन हुँदै टुंगिएको बुझिएको छ । यहाँको स्थानीय सरकारमा नेपाली कांग्रेस अल्पमतमा भए पनि अध्यक्ष र उपाध्यक्ष सहित स्थानीय सरकार सञ्चालनको अभ्यास गर्दैछ । गाउँपालिकाले २ वटा महत्वपूर्ण योजनामा १ करोड ५० लाखसम्मको मोटरबाटो स्तारोन्नती गर्ने बजेट कार्यपालिकामा प्रस्तुत गर्दा विवाद उत्पन्न भएको थियो ।

मण्डन देउपुरका नगरपालिकाको सभागी वडा अध्यक्षहरु

यो स्थानीय तहले पूर्वाधार बजेट बाहेक सबै बजेट गाउँपालिकाबाटै सञ्चालन गर्ने अडान राख्दै आएको छ । जसले गर्दा स्थानीस्तरका योजनाको उपभोक्ता समितिमा समेत दलीय विवाद हुने गरेको छ । सृङ्खलावद्ध विवादका बीच गाउँसभासम्म आइपुगेको तेमालको स्थानीय सरकार नेकपाको घेराबन्दीभित्र जेलिएको छ । गाउँपालिकाको अडानमा नेकपा निकट रहेका वडाअध्यक्षहरुले असहमति जाहेर गर्दै आएका छन् । उता अध्यक्ष सलामसिं तामाङले पनि आफ्नो डिजाइनको रोडम्याप तयार गरी निकासका लागि वार्ता टोली समेत गठन गरेका छन् । नेकपा निकटका वडाअध्यक्षहरु भने बैठकमा नै सहभागी हुने नगरेको गाउँपालिका श्रोतले बताएको छ ।

काभ्रेका तेह्र स्थानीय तहहरुमध्ये सबैभन्दा जेठो स्थानीय तह बनेपाले अगाामी २० गतेबाट दफावार छलफल अगाडि बढाउने गरी बजेट नीति तथा कार्यक्रम नगरसभामा प्रस्तुत गरेको छ भने जिल्लाको कोशीपारिमा रहेको चौरीदेउराली गाउँपालिकाले आगामी १५ गते पेश गर्ने तयारी गरेको बुझिएको छ । त्यस्तै तयारी डाँडापारिको खानीखोला गाउँपालिकाले गर्दै गरेको बुझिएको छ । मण्डन देउपुर नगरपालिकाले तामझामका साथ मंगलबार बजेट, नीति तथा कार्यक्रम पेश गरेको छ । ७१ करोडको हाराहारीमा बजेट सीमा रहने गरी प्रस्तुत गरिएको बजेटमा १५ गतेबाट बुँदागत रुपमा दफाबार छलफल हुने मेयर टेकबहादुर वाईवाले बताएका छन् ।

धुलिखेल नगरपालिकाले ६७ करोड ५४ लाखको बराबरको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । जसमा सुकुम्बासी मुक्त नगर बनाउने योजना समेत समावेश छ । शिक्षा, पर्यटन, कृषि क्षेत्रलाई नमूनाको रुपमा अघि बढाउनेदेखि सहकारीको उत्पादन अभियानलाई समेत महत्वपूर्ण स्थान दिइएको बजेटमा गरिबी निवारण र छुवाछुत अभियानलाई न्युनीकरण गर्ने योजनालाई प्राथमिकतामा राखिएको छ । कोशीपारिको भुम्लु गाउँपालिकाले पनि ४१ करोडको बजेट गाउँसभामा प्रस्तुत गर्ने तयारी भएको प्रेस संयोजक केशवराज पौडेलले बताएका छन् ।

त्यसैगरी नमोवुद्ध नगरपालिकाले आफ्ना विभिन्न महत्वाकांक्षी योजना सहित ६१ करो्ड ६ लाख, ५६ हजारको बजेट प्रस्तुत गरेको छ । त्यसैगरी जिल्लाको डाँडापारि क्षेत्रका दुई गाउँपालिका मध्ये महाभारत गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । महाभारतले ३० करोड ३२ लाख ४१ हजारको बजेट प्रस्तुत गरेको छ । यो गाउँपालिकाले कृषि, स्वास्थ्य, शिक्षा र सडकका विषेश योजनाहरुलाई गाउँसभामा प्रस्ताव गरेको बुझिएको छ । उता खानीखोला गाउँपालिकाले भने सामान्यीकरणतर्फ आएको बजेट ७ करोड १ लाख, ससर्त ८ करोड ९१ लाख र राजस्व ५ करोड ८२ लाख अनुमानित प्रस्ताव पेश गर्ने तयारी गरेको बुझिएको छ ।

यस स्थानीय तहले १० लाख आन्तरिक आम्दानीकां आंकलन गर्दै गरेको बुझिएको छ । त्यसैगरी पनौती नगरपालिकाले हिजो सोमबार १ अरब १० करोडको कार्यक्रम प्रस्तुत गरेको मेयर भीम न्यौपानेले बताएका छन् । पनौती नगरपालिकाले सोमबार नै नीति तथा कार्यक्रम र बजेट नगरसभामा पेश गरेको बुझिएको छ । आन्तरिक आम्दानीको श्रोत बलियो देखिएको रोशी गाउँपालिकाले पनि ६५ करोड ८ लाख ६० हजारको बजेट गाउँसभामा पेश गरी दफाबार छलफल थालेको छ ।



प्रकाशित मिति : २०७६, १० असार मंगलबार  १० : ४८ बजे

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

दलका कार्यालयको क्षति संकलन गर्दै सरकार, कांग्रेसबाट सुरु

काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिले जेनजी आन्दोलनका

एमाले पार्टी कार्यालय पुगे सञ्चारमन्त्री जगदीश खरेलसहित सरकारी टोली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको केन्द्रीय

नागरिक सुरक्षा र लोकतन्त्र रक्षाका लागि कोशीमा एमाले सडकमा

विराटनगर। असंवैधानिक र प्रतिशोधपूर्ण सरकारको दमनकारी कदमविरुद्ध नेकपा (एमाले) कोशी

के भयो रवि लामिछाने र बालेन साहबीच ६ घण्टा लामो वार्तामा ?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ