२०८३, १० आश्विन आईतबार

घर निर्माण नगर्ने भुकम्पपीडितलाई कालोसूचीमा राखी कारबाही गरिने

घर निर्माण नगर्ने भुकम्पपीडितलाई कालोसूचीमा राखी कारबाही गरिने


फागुन २३ काभ्रे । सरकारले पहिलो किस्ता लिएर पनि घर निर्माण नगर्ने भुकम्पपीडितलाई कालोसूचीमा राखी कारबाही गर्ने भएको छ । भुकम्पपीडित लाभग्राही सूचीमा रहेका अधिकांशले राज्यले दिएको अनुदान रकम पहिलो किस्ताको ५० हजार लिए पनि आवास निर्माणमा भने २७ हजारको सूची निर्माणधिन अवस्थामा रहेको तथ्याङ्क पुनर्निर्माण प्राधिकरणसँग छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिको ४२औं बैठकले घर निर्माण नगर्नेलाई कालोसूचीमा राखी कारबाही गर्ने निर्णय गरेको हो ।

प्राधिकरणका सह–प्रवक्ता भीष्मकुमार भूसालले भने रकम लिने र घर बनाउने सुरसार नै नगरेकाले उनीहरुलाई दण्डात्मक व्यवस्था गर्न लागेका हौं । कारबाही गर्नुअघि पहिले गोरखापत्रमा सूचना निकालेर भुकम्पपीडित लाभग्राहीहरुलाई सचेत गराइने उनले बताए । पछि कानुनअनुसार रकम फिर्ता गर्नेदेखि कालोसूचीमा राख्नेसम्मको कारबाही हुनेछ । कालोसूचीमा परेकाले सरकारले उपलब्ध गराउने नागरिकता, पासपोर्ट लगायतका कागजात नपाउनुका साथै अन्य नागरिक अधिकारबाट समेत बञ्चित हुने र बैंकको कालोसूचीमा पर्ने उनले बताए ।

प्रकाशित मिति : २०७४, २३ फाल्गुन बुधबार  ५ : ०२ बजे

जबराको पक्राउमा एमाले महासचिव पोखरेलको आपत्ति

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाराजगञ्जस्थित निवासबाट मध्यराति पक्राउ गरिएको

नेपालमा क्यान्सर उपचार राम्रो छैन भन्ने बुझाइ गलत हो, सबैखाले उपचार संभव छ : डा.अन्जनी कुमार झा

काठमाडौं । नेपालमा क्यान्सरको जोखिम न्यूनीकरणका लागि नियमित स्वास्थ्य परीक्षण

सत्ता बदल्ने कि शासन बदल्ने ?

सत्ता परिवर्तनभन्दा अगाडि बढेर शासनको चरित्र बदल्ने बहस काठमाडौं ।

आजदेखि सोह्र श्राद्ध सुरु

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १८१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १८१ वटा सवारीसाधनका