२०८३, ९ असार बुधबार

डुबेर दुई विद्यार्थीको मृत्यु

डुबेर दुई विद्यार्थीको मृत्यु


खोटाङ, १८ जेठ: लफ्याङ र मात्तिमको सिमानामा पर्ने साप्सुखोलामा डुबेर दुई विद्यार्थीको मृत्यु भएको छ । साप्सुखोलास्थित साप्सु–कालिका हाइड्रोपावरको पावरहाउस नजिकैको दहमा डुबेर आज दिक्तेल टेक्निकल इन्स्टिच्युटमा अध्ययनरत दुई विद्यार्थीको मृत्यु भएको हो ।

शैक्षिक भ्रमणमा गएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका अन्दाजी १९ वर्षीय एलिस बस्नेत र खाल्लेकै अन्दाजी १९ वर्षीय विक्रम भट्टराईको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार कटवालले जानकारी दिनुभयो । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइँदै गरिएको प्रहरीले जनाएको छ ।

घटनाका बारेमा विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक कटवालले जानकारी दिनुभयो । उहाँका अनुसार थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली परिचालन गरिएको जनाइएको छ ।रासस

प्रकाशित मिति : २०७६, १८ जेष्ठ शनिबार  ७ : १९ बजे

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा

मनसुन कमजोर, तराईमा तातो लहरको जोखिम

काठमाडौं । देशमा मनसुन भित्रिए पनि कमजोर अवस्थामा रहेकाले तत्काल

रास्वपा सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदका लागि