२०८२, ८ पुस मंगलबार

डुबेर दुई विद्यार्थीको मृत्यु

डुबेर दुई विद्यार्थीको मृत्यु


खोटाङ, १८ जेठ: लफ्याङ र मात्तिमको सिमानामा पर्ने साप्सुखोलामा डुबेर दुई विद्यार्थीको मृत्यु भएको छ । साप्सुखोलास्थित साप्सु–कालिका हाइड्रोपावरको पावरहाउस नजिकैको दहमा डुबेर आज दिक्तेल टेक्निकल इन्स्टिच्युटमा अध्ययनरत दुई विद्यार्थीको मृत्यु भएको हो ।

शैक्षिक भ्रमणमा गएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका अन्दाजी १९ वर्षीय एलिस बस्नेत र खाल्लेकै अन्दाजी १९ वर्षीय विक्रम भट्टराईको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार कटवालले जानकारी दिनुभयो । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइँदै गरिएको प्रहरीले जनाएको छ ।

घटनाका बारेमा विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक कटवालले जानकारी दिनुभयो । उहाँका अनुसार थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली परिचालन गरिएको जनाइएको छ ।रासस

प्रकाशित मिति : २०७६, १८ जेष्ठ शनिबार  ७ : १९ बजे

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

दलका कार्यालयको क्षति संकलन गर्दै सरकार, कांग्रेसबाट सुरु

काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिले जेनजी आन्दोलनका

एमाले पार्टी कार्यालय पुगे सञ्चारमन्त्री जगदीश खरेलसहित सरकारी टोली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको केन्द्रीय

नागरिक सुरक्षा र लोकतन्त्र रक्षाका लागि कोशीमा एमाले सडकमा

विराटनगर। असंवैधानिक र प्रतिशोधपूर्ण सरकारको दमनकारी कदमविरुद्ध नेकपा (एमाले) कोशी

के भयो रवि लामिछाने र बालेन साहबीच ६ घण्टा लामो वार्तामा ?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ