२०८२, ८ पुस मंगलबार

प्रहरी नै पैंचो ल्याएर खाना खान बाध्य

प्रहरी नै पैंचो ल्याएर खाना खान बाध्य


बझाङ, बैशाख २४ : बझाङको उत्तरी सीमास्थित धुली प्रहरी चौकीमा गत आइतबार बिहान प्रहरीहरुको फूर्तिफार्ती बेग्लै देखिन्थ्यो । एक जना प्रहरी जवान खरको झुप्रोमुनी भान्सामा भात पकाउँदै थिए । कोही आलुको तरकारी काट्दै थिए । एक जना सिलौटामा मसला पिस्दै थिए ।

प्रहरीका अनुसार चम्किलो हुनुको कारणबारे जिज्ञासा राखिनसक्दै जवान सुराज कुँवरले फ्याट्ट भनिहाले, ‘दुई छाकपछि भान्सामा भात पाक्दै छ । सब मुख मिठ्याएर बसेका छन् ।’

गाउँभरि खोज्दा पनि चामल पैंचो नपाएपछि प्रहरीको भान्सामा अघिल्लो दिन दुई छाक भात पाकेको रहेनछ । उनीहरुले चाउचाउ खाएर रात बिताउनुपरेछ । आइतबार बिहान वडाध्यक्षको घरबाट एक बोरा चामल पैंचो खोजेर ल्याएपछि भात पाकेको रहेछ । यो समाचार वसन्त प्रताप सिंहले कान्तिपुरमा लेखेका छन् ।

प्रकाशित मिति : २०७६, २४ बैशाख मंगलबार  ८ : ०४ बजे

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

दलका कार्यालयको क्षति संकलन गर्दै सरकार, कांग्रेसबाट सुरु

काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिले जेनजी आन्दोलनका

एमाले पार्टी कार्यालय पुगे सञ्चारमन्त्री जगदीश खरेलसहित सरकारी टोली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको केन्द्रीय

नागरिक सुरक्षा र लोकतन्त्र रक्षाका लागि कोशीमा एमाले सडकमा

विराटनगर। असंवैधानिक र प्रतिशोधपूर्ण सरकारको दमनकारी कदमविरुद्ध नेकपा (एमाले) कोशी

के भयो रवि लामिछाने र बालेन साहबीच ६ घण्टा लामो वार्तामा ?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ