२०८३, १३ कार्तिक शुक्रबार

कर्णाली सरकारले दियो किसानलाई भैँसी

कर्णाली सरकारले दियो किसानलाई भैँसी


सुर्खेत, २३ वैशाख : उद्देश्यले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले भैँसी वितरण गरेको हो । मन्त्रालयले आज बराहताल गाउँपालिका–१० ओदानतालका ४० कृषकलाई एक÷एक वटा भैँसी हस्तान्तरण गरेको हो । कृषकमा आधारित भैँसीपालन व्यवसाय कार्यक्रमअन्तर्गत सुर्खेतका कृषकलाई भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुर्खेतको सहजीकरणमा भैँसी हस्तान्तरण गरिएको हो ।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले जनज्योति कृषि तथा पशु सहकारी संस्था ओदानतालका सदस्यलाई भैँसी हस्तान्तरण गर्नुभयो । सहकारीका अध्यक्ष ईश्वरभक्त सुनारले प्रदेश सरकारको रु ५० लाख, कृषकको रु १० लाख, गाउँपालिकाको रु पाँच लाख र लागत सहभागिताको रु पाँच लाख गरी रु ७० लाखमा भैँसी खरीद गरेर वितरण गरिएको जानकारी दिनुभयो ।

भैँसी कैलालीबाट खरीद गरी ल्याइएको हो । सहकारीले खरीद गरेका ती भैँसी किसानलाई गोलाप्रथामार्फत छनोट गरिएको थियो । सहकारीका अध्यक्ष सुनारका अनुसार १५ भैँसी दुहुना छन् । वितरण गरिएका भैँसीको सहकारीले बीमा गरिदिएको छ । भैँसी वितरण कार्यक्रममा मन्त्री केसीले किसानको आयआर्जनमा वृद्धि गर्न प्रदेश सरकारले आगामी वर्ष पनि यस्ता कार्यक्रमलार्य निरन्तरता दिने बताउनुभयो ।

“भैँसीको स्रोत केन्द्रका रुपमा सुर्खेतलाई विकास गर्नुपर्छ, यसका लागि किसानले व्यावसायिक घाँस खेतीमा जोड दिनुपर्छ,” उहाँले भन्नुभयो, “आगामी वर्षको बजेट किसानमुखी भएर बजेटको विनियोजन गरिनेछ ।” सरकारले कृषिमा दिने अनुदान दुरुपयोग नगर्न आग्रह गर्दै भन्नुभयो, “भैँसीपालन गरेर आयआर्जन गर्नुस् तर अनुदानमा पाएका भैँसीलाई बिक्री नगर्नुस् ।”

प्रकाशित मिति : २०७६, २३ बैशाख सोमबार  ८ : ५६ बजे

काठमाडौंमा बिहानैदेखि झरी, जनजीवन प्रभावित; भारी वर्षाको चेतावनी

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएपछि जनजीवन

लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीको ८ राउण्ड फायर, दुई भारतीय घाइते, तीन पक्राउ

विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ

पर्यटनमा विश्वास जगाउन मे २०२७ मा विश्व शान्ति पूजा

काठमाडौं । पछिल्लो समय हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र प्राकृतिक

कालीमाटीमा आज तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् सूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका

आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा अति भारी वर्षाको चेतावनी

काठमाडौं । देशका अधिकांश स्थानमा आज र भोलि मेघगर्जन, चट्याङसहित