२०८२, १३ फाल्गुन बुधबार

काभ्रेका दिपिल शर्माको ‘सहकारीको सारथी’ नामक पुस्तक बिमोचन

काभ्रेका दिपिल शर्माको ‘सहकारीको सारथी’ नामक पुस्तक बिमोचन


धुलिखेल, १४ बैशाख : झण्डै दुई दशक सहकारी क्षेत्रमा बिताएका काभ्रेका दिपिल शर्माको ‘सहकारीको सारथी’ नामक पुस्तक बिमोचन गरिएको छ ।

शनिबार धुलिखेलमा एक कार्यक्रमका बीच शर्माको पुस्तक सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले गरेका हुन् । शर्माको पुस्तकमा ३९ वटा शीर्षक छन् । जहाँ काभ्रेको अति दुर्गम डाँडापारी, कोशीपारी क्षेत्रका सहकारी देखि अन्तर्राष्ट्रिय स्तरसम्म सहरकारीको अवस्था झल्किन्छ । ‘यो एउटा अनुभव र अध्ययनमा आधारित पुस्तक हो, शार्माले भने ‘सहकारी मार्फत गर्न सकिने थुप्रै चिज समेट्ने कोशिस गरेको छु ।’

पुस्तकमा मुलुकको नयाँ संरचना अनुसार सहकारीको महत्व पनि उल्लेख गरिएको छ । ‘पुस्तकले सहकारीको गुणात्मक विकासका लागि समेत महत्वपूर्ण योगदान पुर्याउने छ, जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष विनोद पराजुलीले पुस्तकको समीक्षा गर्दै भने ‘सहकारीमा लाग्ने नयाँ पिँढीका लागि यो एउटा गतिलो अध्ययन सामग्री हो ।’ उनका अनुसार पुस्तकमा सहकारीले हासिल गरेका र गर्नुपर्ने कुरालाई समेत स्पष्ट ढंगले समावेश गरिएको छ ।

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीले सहकारीको अध्ययन गर्नेहरुका लागि शर्माको पुस्तकले एउटा इट्टा थलेको बताए । उनले सिँगो मुलुकको सहकारीको अगुवाई काभ्रे जिल्लाले गरेको भन्दै पुस्तकले अझ उर्जा थलेको तर्क गरे । ‘सहकारीलाई पारदर्शि र सुशासन कसरी बनाउन सकिन्छ भन्ने कुरा पनि यो पुस्तकमा उल्लेख छ, उनले भने ‘सहकारी सम्बन्धी निकै कम मात्रमा सुचना र अध्यक्ष सामग्री छन्, यी र यस्ता पुस्तकहरुले सहकारी अभियानलाई अघि बढाउन अझ मद्दत पुग्ने छ ।’ उनले सहकारीको विकासका लागि स्थानीय देखि संघीय सरकारले समेत ठोस कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका बरिष्ठ उपाध्यक्ष मिनराज कडेलले पुस्तक सहकारी अभियानताहरुका लागि प्रेरणाको स्रोत बन्ने दाबी गरे । उनले नेपाल सरकारको दिगो विकास लक्ष्य पूरा गर्न समेत सहकारी कठिबद्ध भएर सक्रियाशिल रहेको उल्लेख गरे । ‘हाल साढे ६ खर्ब पूँजी सहकारी क्षेत्रमा मार्फत परिचालन भइरहेको छ, यसलाई अझ ब्यवस्थित गर्न हामी हाम्रो तहबाट लागिरहेका छौँ, उनले भने ‘सहकारीकै माध्यमबाट धेरै देशले ठूल ठूलो प्रगति गरेका छन्, हाम्रो मुलुकको पनि गरिबी कम गराउन महत्पूर्ण योगदान सहकारी कै छ ।’

प्रकाशित मिति : २०७६, १४ बैशाख शनिबार  ४ : ३० बजे

शंकर पोखरेलको विकास दृष्टि : संरचना,स्थायित्व र समृद्ध भविष्यको रणनीतिक मार्गचित्र

राजनीतिमा प्रतिबद्धता धेरैले व्यक्त गर्छन् । तर त्यसलाई योजनाबद्ध दृष्टि,

हरिहरपुरगढीका वडाहरुमा एमालेप्रति देखियो उत्साह

सिन्धुली । नेकपा एमाले हरिहरपुरगढी गाउँपालिका ६ मा एमालेको निर्वाचन

निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने

काठमाडौं । सरकारले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन का क्रममा खटिने

ओलीलाई “सिङ्गो गाउँ” उपहार, बारसुदीका ४०० मतदाता एमाले प्रवेश

गौरीगञ्ज । केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एमाले

नेताहरूनैं मतदान अधिकृत !

सिन्धुली । सिन्धुली क्षेत्र नंं २ को निर्वाचन कार्यालय खटाएको