२०८३, १३ कार्तिक शुक्रबार

संगीतकार भुवनलाई सुदुर पश्चिमको सम्मान

संगीतकार भुवनलाई सुदुर पश्चिमको सम्मान


काठमाडौं, वैशाख ३ : गायक, सङ्गीतकार तथा म्युजिक एरेन्जर भुवन प्रकाश बडुलाई सुदुर पश्चिमको पहिलो संगीतकार भएको भन्दै सुदुर पश्चिम कलाकार संघले सम्मान गरेको छ । भुवनले हाल सम्म ३५ हजार भन्दा बढि गीतमा म्युजिक एरेन्जरको रुपमा काम गरिसकेको छन् भने १ हजार भन्दा बढि गतिमा संगीत तथा स्वर दिईसकेका छन् ।

हाल बिग एच.डि परिवेष रेकर्डिङ स्टुडियोका संचालक समेत रहेका भुवनले ३५ भन्दा बडि म्युजिक भिडियोमा अभिनय समेत गरिसकेका छन् भने उनी आर जे तथा भिजे पनि हुन् । भाषा र संस्कृतिलाई जर्गेना गर्न आफुलाई सधैं सर्मपित गर्ने मान्यताबाट अघि बढेका भुवनले देउडा गीत “न्याउल्या २०७५” मा १३२ कलाकारहरुको सामुहिक स्वरमा रेकर्ड गराएका थिए ।

सुदुर पश्चिम कलाकार मञ्चका बरिष्ठ उपाध्यक्ष समेत रहेका भुवनले देउडा गीत,थारु गीत, पुर्बेलि गीत, सेलो गीत, कुमाउनी गीत, राना गीत, भोजपुरी गीत लगायत आधुनिक गीत, लोक गीत, पप गीत, लोक पप, भजन, गजल, फिल्मी गीत लगायतमा स्वर सङीत र म्युजिक एरेन्ज गरेका छन् भने बाध्य बादनमा पनि उतिकै दख्खल राख्दछन् ।

भुवन संगै उनका छोरा जिवन बडुलाई पनि कान्छो म्युजिक एरेन्जरको रुपमा सम्मान गरेको छ । जिवनले १६ वर्षको उमेर देखिनै म्युजिक एरेन्ज सुरु गरेका हुन् । जिवन संगीतका विद्यार्थि पनि हुन् । हाल सम्म जिवनले ६०० भन्दा बढि गीतमा म्युजिक एरेन्ज गरिसकेका छन् । १ दर्जन भन्दा बढि गीतमा आफ्नो स्वर दिइसकेका जीवनले १ दर्जन भन्दा बढि गीतमा अभिनय समेत गरिसकेका छन् । १ हजार भन्दा बढि गीतको मिक्सिङ गरिसकेका जिवन आफ्नो बुबाको लयलाई पछ्याई रहेका छन् ।

प्रकाशित मिति : २०७६, ३ बैशाख मंगलबार  १० : ०६ बजे

काठमाडौंमा बिहानैदेखि झरी, जनजीवन प्रभावित; भारी वर्षाको चेतावनी

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएपछि जनजीवन

लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीको ८ राउण्ड फायर, दुई भारतीय घाइते, तीन पक्राउ

विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ

पर्यटनमा विश्वास जगाउन मे २०२७ मा विश्व शान्ति पूजा

काठमाडौं । पछिल्लो समय हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र प्राकृतिक

कालीमाटीमा आज तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् सूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका

आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा अति भारी वर्षाको चेतावनी

काठमाडौं । देशका अधिकांश स्थानमा आज र भोलि मेघगर्जन, चट्याङसहित