काठमाण्डौको एक कलेजका विद्यार्थीहरुले तामाङ समुदायको उद्गम स्थलका रुपमा चिनिने काभ्रेको तेमालको सामाजिक र सास्कृतिक पक्षको अध्ययन गरेका छन् ।

काठमाण्डौको मोर्गन इन्टरनेशनल कलेजको स्नातक तह अन्तर्गत सामाजिक कार्य विषयको दोस्रो बर्षका विद्यार्थीहरुले तेमाल गाउँपालिकाको वडा नम्बर २ चुखाबाट आफ्नो स्थलगत अध्ययन सुरु गरेका थिए । तामाङ समूदायको बाहुल्यता रहेको तेमालमा ३० जना विद्यार्थीहरुले ५ दिन बिताए । विद्यार्थीहरुले तामाङ समुदायको रितिरिवाज, मूल्य मान्यता र परम्परा लगायत विषयमा रुचि दिएर बुझ्ने कोशिस गरे ।

विद्यार्थीहरुले पाँच दिन सम्म तेमालको तामाङ बस्तीमै रहे त्यहाँका स्थानीयहरुको ब्यक्तिगत तथा सामाजिक समस्याहरुको अध्ययन गरेको सामाजिक कार्य विषयका संयोजक किरण थापाले जानकारी दिए । ‘पछिल्लो समय सामाजिक कार्य विषयको महत्व वढ्दै गएका बेला विद्यार्थीहरुले समाजमै पुगेर आफै अध्ययन गर्दा पढाईमा पनि थप मद्दत गग्छ, उनले भने ‘समाज बुझ्न किसाब भन्दा गाउँबस्ती नै उपयुक्त हुन्छ ।’

तामाङ भेषभूषा, खानपानसँगै रमाएका विद्यार्थीहरुले चुखाको सबल र दुर्बल पक्ष, स्थानीयहरुको आवश्यक्ता र समस्याहरु समाधान गर्न गैर सरकारी तथा सरकारी निकायबाट भएको गतिविधिका बारे समेत अध्ययन गरेका थिए । विद्यार्थीहरुले समाजमा बढ्दो बलात्कार घटना र रोकथामका विषयमा समुदायले खेल्नुपर्ने भूमिकाका बारे चेतनामूलुक गतिविधि गराएका थिए ।

प्रकृतीको अनुपम सुन्दरताले भरिपुर्ण तेमाल पर्यटकिय दृष्टिकोणले समेत निकै सम्भाब्य ठाउँ रहेको विद्यार्थीहरुको शिविरका संयोजक सञ्जय बस्नेतले बताए । ‘चुखा र तेमालका विभिन्न ठाउँमा बस्दा आफ्नै गाँउका इष्ट, मित्र, छर छिमेकी संग भेट भए जस्तै अनुभव भएको संयोजक बस्नेतको भनाई छ ।

रोशी र सुनकोशी नदिको विचको डाँडामा रहेको तेमाल गाउँपालिका आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षण गर्ने सास्कँृतिक, धार्मिक, सामाजिक पक्षले अझ महत्व थपेको बताउँछिन शिविरको अर्की संयोजक निकिता रिमाल । विद्यार्थीहरुले तेमालमा उत्पादन हुने काक्रा, सुन्तला र बुद्धचित्तको खेतीको समेत अध्ययन गरेका थिए ।

तेमालमा बुद्धचित्तको खेतीबाट बार्षिक करोडौँ रुपैँया रकम भित्रिएको समाचार मात्रै सुन्न पाएका विद्यार्थीहरुले फूल खेल्दा देखि दाना टिप्दासम्मको अवस्थाका बारे बगैँचामै गएर हेर्ने र बुझ्ने मौका पाउँदा निकै खुशी लागेको कपिल थापाले बताए ।










प्रतिक्रिया