२०८३, ३१ बैशाख शुक्रबार

समानुपातिकतर्फको परिणाम सार्वजनिक गर्न निर्वाचन आयोगको ध्यानाकर्षण

समानुपातिकतर्फको परिणाम सार्वजनिक गर्न निर्वाचन आयोगको ध्यानाकर्षण


काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम छिटो सार्वजनिक गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । आइतबार दुवै दलको प्रतिनिधिमण्डल निर्वाचन आयोग पुगी जनताको ताजा जनादेश रोक्ने अधिकार कसैलाई नभएको भन्दै छिटो मतपरिणाम सार्वजनिक गर्न ध्यानाकर्षण गराएको हो ।

एमालेका उपाध्यक्ष भीम रावल, नेता सुवास नेम्वाङ, माओवादीका नेता कृष्णबहादुर महरा, वर्षमान पुनसहितको टोलीले आयोग जनमत रोक्नतिर लाग्न नहुने भन्दै संवैधानिक बाधा अड्चन भए त्यसलाई फुकाएर भए पनि परिणाम सार्वजनिक गर्न आयोगलाई आग्रह गरेका हुन् । संविधानको मर्मलाई गलत व्याख्या गरेर समानुपातिकतर्फको सिट बाँडफाँटमा ढिलाइ गर्दा निर्वाचन आयोगकै लागि हानिकारक हुने भन्दै वामगठबन्धनका नेताहरुले मतगणना सकिएको सात दिनभित्र परिणाम सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधानबारे पनि प्रमुख आयुक्त र आयुक्तहरुको ध्यानाकर्षण गराएका छन् ।

आयोगका पदाधिकारीहरुले भने संविधानको धारा ८४ को उपधारा ८ का कारण राष्ट्रियसभा गठन नभएसम्म समानुपातिकको मत परिणाम सार्वजनिक गर्न नसकिने तर्क गर्दै आएका छन् ।

निर्वाचन सम्पन्न भएको एक महिना वित्न लाग्दा पनि परिणाम सार्वजनिक हुन नसक्दा निर्वाचन आयोगको नियतमाथि पनि प्रश्न उठेको छ । निर्वाचनबाट प्राप्त जनादेशलाई रोक्ने र सरकार गठनको बाटो अवरुद्ध पार्न स्वयं निर्वाचन आयोग नै लागेको त होइन भन्ने प्रश्नसमेत जनमानसबाट उठ्न थालेको छ । राष्ट्रियसभा निर्वाचन सम्पन्न नभई समानुपातिकतर्फको परिणाम सार्वजनिक गर्न नमिल्ने अड्डी लिएर निर्वाचन आयोग बस्नुले नयाँ सरकार गठन अझै एक डेढ महिना लम्बिने देखिन्छ ।

प्रकाशित मिति : २०७४, १७ पुस सोमबार  १० : १२ बजे

सीसँगको भेटपछि ट्रम्पको दाबी : चीनले इरानलाई हतियार नदिने, हर्मुज खुला राख्न सहयोग गर्ने

काठमाडौं । अमेरिकी राष्ट्रपतिडोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङलेसँगको भेटपछि

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । कृष्णप्रसाद यादव नेतृत्वको मधेश प्रदेश सरकारले आज प्रदेशसभाबाट

पश्चिमी वायुको प्रभाव कायम : देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशभर अहिले पश्चिमी वायु, स्थानीय वायु तथा नेपाल

१० के एनवाईएफएन रन : स्वास्थ्य, खेलकुद र अनुशासनको सन्देश

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले आफ्नो ३७औँ स्थापना दिवसको

बेइजिङ पुगे ट्रम्प, सी जिनफिङसँग आज उच्चस्तरीय वार्ता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीनदिने औपचारिक भ्रमणका लागि