२०८३, २१ बैशाख मंगलबार

बसुन्धरालाई प्रदेश नम्बर तीनमा पहिलो र देशभरमा दोस्रो लोकप्रिय मत

बसुन्धरालाई प्रदेश नम्बर तीनमा पहिलो र देशभरमा दोस्रो लोकप्रिय मत


९ पुष, धुलिखेल । संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको संविधान २०७२ का आधारमा पहिलोपटक सम्पन्न भएको प्रदेशसभा निर्वाचनमा काभ्रेबाट निर्वाचित सांसद बसुन्धरा हुमागाईले प्रदेश नम्बर ३ मा सबैभन्दा धेरै मत प्राप्त गरी प्रथम स्थान हासिल गरेका छन् । उनले देशभरबाट निर्वाचित भएका प्रदेशसभा सांसदहरुमध्ये दोस्रो लोकप्रिय मत पाएका छन् ।

काभ्रे जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा २ बाट निर्वाचित सांसद हुमागाईले २८ हजार ६ स ७७ मत प्राप्त गरी दोस्रो लोकप्रिय मत कायम गरेका हुन् । पहिलो स्थान भने झापा जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेशसभा २ का निर्वाचित सांसद अर्जुन राईले कायम गरेका छन् । उनले ३० हजार ९ सय ७३ मत पाएका थिए । त्यसैगरी तेस्रो स्थानमा बर्दिया जिल्ला निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा १ का सांसद कुलप्रसाद पोखरेल परेका छन् । उनले २८ हजार ३ सय २३ मत प्राप्त गरेका थिए ।

प्रकाशित मिति : २०७४, ९ पुस आईतबार  ४ : ४० बजे

सार्वजनिक खरिद अध्यादेशप्रति निर्माण व्यवसायी असन्तुष्ट, पूर्वाधार विकासमा असर पर्ने चिन्ता

काठमाडौं । नेपाल सरकारले ल्याएको सार्वजनिक खरिद अध्यादेशले पूर्वाधार निर्माणका

जनमत पार्टीमा विवादबीच सरकार समर्थन कायम रहेको दाबी, आन्तरिक मतभेद सतहमा

जनकपुरधाम । जनमत पार्टीभित्र देखिएको आन्तरिक विवादका बीच संसदीय दलका

यूएईमा ‘सम्भावित हवाई खतरा’को चेतावनी, अमेरिकी दूतावास सतर्क

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)स्थित अमेरिकी दूतावासले ‘सम्भावित हवाई

मेघगर्जनसहित वर्षा बढ्ने संकेत, सतर्क रहन आग्रह

काठमाडौं । देशभर आज मौसम बदली भई विभिन्न स्थानमा मेघगर्जन

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष