२०८३, ९ आश्विन शनिबार

काभ्रेमा म्यादी प्रहरीलाई सम्मानका साथ विदाई

काभ्रेमा म्यादी प्रहरीलाई सम्मानका साथ विदाई


प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा थप सुरक्षाका लागि भर्ति गरिएका म्यादी प्रहरीहरुलाई एक समारोहका बीच शुक्रबारबाट विदाई गरिएको छ ।
५५ दिन निर्वाचनको सुरक्षा सम्बन्धी सरकारी सेवा गरेर विदा भएका म्यादी प्रहरीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले विदाईमा फरक शैली अपनाएको थियो । जिल्ला प्रहरी कार्यालय काभ्रेले ५५ दिने सेवाका क्रममा उत्कृष्ट काम गर्ने ४ जना म्यादी प्रहरीलाई नगद सहित सम्मान गरेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेले अस्मिता अधिकारी, स्वविता वर्तौला, सनिप्रसाद श्रेष्ठ र उमा रम्तेल सहित ४ म्यादी प्रहरीलाई नगद सहित सम्मान गरेको हो । ‘केही समय भए पनि सरकारी सेवा गरेर विदा भएका म्यादी प्रहरीहरुलाई आगामी दिनमा कामको सम्मान हुन्छ भन्ने ज्ञानको विकास गर्न उत्कृष्ट म्यादीलाई पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख सहकुलबहादुर थापाले बताए ।’ काभ्रेमा १५ सय १६ जना निर्वाचनका लागि म्यादी प्रहरीलाई खटाइएको थियो ।

प्रकाशित मिति : २०७४, ७ पुस शुक्रबार  ७ : ३२ बजे

बुडोल साकोसको वित्तीय स्वास्थ्य परीक्षण, ऋणदेखि तरलता र पूँजीकोषसम्म नियामकको निगरानी

काभ्रे । बचत तथा ऋण सहकारीको वित्तीय कारोबारमाथि नियामकीय निगरानी

इरानको अमेरिकालाई कडा सर्त : सम्झौता कार्यान्वयन भए ७ दिनमै होर्मुज स्ट्रेट खुल्ने

काठमाडौं । इरानले अमेरिकासमक्ष नयाँ प्रस्ताव राख्दै आवश्यक सर्तहरू पूरा

संयुक्त राष्ट्रसंघको महासभा सकेर प्रधानमन्त्री बालेन आज स्वदेश फर्किंदै

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन्द्र

नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं । एसियन गेम्सअन्तर्गत क्रिकेट प्रतियोगितामा नेपालले आयोजक जापानसामु १५०

‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक

काठमाडौं । ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा