२०८२, १५ माघ बिहीबार

कांग्रेसका गच्छदार विजयी, भगवती चौधरी अदालत जाने तयारी, अहिले ३ पत्रकार सम्मेलन गर्ने

कांग्रेसका गच्छदार विजयी, भगवती चौधरी अदालत जाने तयारी, अहिले ३ पत्रकार सम्मेलन गर्ने


सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका बिजयकुमार गच्छदार ३२१ मतान्तरमा प्रतिनिधिसभा सदस्य विजयी भएका छन् ।  शुरुदेखि नै कायम रहेको एमालेकी भगवती चौधरीको अग्रता तोड्दै गच्छदारले ३८ हजार ९७२ मत प्राप्त गरी बिजयी भएका हुन ।

उनको निकटतम प्रतिस्पर्धीमा रहेकी एमालेकी भगवती चौधरीले ३८ हजार ६५१ मत प्राप्त गरेकी छन् । यसअघि २०७० को संविधानसभा निर्वाचनमा पनि चौधरी गच्छदारसँगै डेढ सय मतान्तरमा पराजित भएकी थिइन् । मतगणनामा आफूले अग्रता लिइरहँदा गच्छदारले प्रमुख जिल्ला अधिकारी र निर्वाचन अधिकृतसँग सेटिङ मिलाएर मुचुल्का बिनाका मतपत्र निकालेको भन्दै उजुरी दिएकी थिइन् । निर्वाचनकै विषयलाई लिएर चौधरीले अहिले ३ वजे पत्रकार सम्मेलनको आयोजना गरी अदालत जाने तयारी गरेकी छन् ।

उनले त्यसपछि मतगणनानै बहिस्कार समेत गरिन् ।

प्रकाशित मिति : २०७४, २७ मंसिर बुधबार  ११ : ४३ बजे

दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । दरबारमार्गस्थित एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको

एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो सुन, नयाँ कीर्तिमान

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ कीर्तिमान बनाइरहेको छ।

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम

संघर्ष, निष्ठा र नेतृत्वको जनमुखी नेता हुनु चक्रप्रसाद स्नेही

डडेल्धुरा, सुदूरपश्चिम, सुनसान पहाड र नदीले घेरिएको यो ऐतिहासिक जिल्ला