२०८३, ९ असार बुधबार

बूढीगण्डकी डुबान क्षेत्रमा तथ्याङ्क सङ्कलन शुरु

बूढीगण्डकी डुबान क्षेत्रमा तथ्याङ्क सङ्कलन शुरु


गोरखा, ३० फागुन : राष्ट्रिय गौरवको आयोजनाको रूपमा निमार्ण गर्न लागिएकोे बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने घरगोठ, फलफूल र बोटबिरुवाको तथ्याङ्क सङ्कलनको काम शुरु भएको छ । आयोजनाको पुनःबास तथा पुनःस्थापना एकाइले बुधबारदेखि गोरखा र धादिङ दुवै जिल्लाको डुबान क्षेत्रमा तथ्याङ्क सङ्कलनको काम शुरु गरेको हो ।

तथ्याङ्क सङ्कलनका लागि दुवै जिल्लाका कषि ज्ञान केन्द्र, भवन डिभिजन कार्यालय र वन कार्यालयका प्राविधिक परिचालन गरिएको आयोजनाको पुनःबास तथा पुनःस्थापना एकाइ सिउरेनीटार कार्यालयका प्रमुख कृष्ण कार्कीले जानकारी दिनुभयो । “बुधबारदेखि गोरखातर्फ गण्डकी गाउँपालिकाको ध्याल्चोक बसेरी र धादिङतर्फ सलाङबाट तथ्याङ्क सङ्कलन शुरु भएको छ”, उहाँले भन्नुभयो, “दुई महीनाभित्रमा सक्ने गरी प्राविधिक परिचालन गरेका छौँ ।”

डुबान क्षेत्रमा पुगेर प्राविधिकले घरगोठ, फलफूल, रुख र अन्य संरचनाको लगत सङ्कलन गर्ने उहाँले बताउनुभयो । लगत सङ्कलनमा जाने प्राविधिकलाई आयोजनाले दुई पटकसम्म तालीमसमेत प्रदान गरेको एकाइ प्रमुख कार्कीले जानकारी दिनुभयो । “मोबाइल एप्लिकेसनमार्फत डुबान क्षेत्रमा प्राविधिकले तथ्याङ्क सङ्कलन गर्ने व्यवस्था मिलाइएको छ”, उहाँले भन्नुभयो, “त्यसका लागि मोबाइल एप्स कसरी चलाउने भनेर प्राविधिकलाई विशेष तालीम प्रदान गरेर ‘फिल्ड’मा खटाएका छौँ ।”

आयोजनाले भवन डिभिजन कार्यालय, वन कार्यालय र कृषि कार्यालयबाट चार÷चार प्राविधिकलाई तालीम दिएको एकाइका प्रमुख कृष्ण कार्कीले जानकारी दिनुभयो । भवनबाट खटिएका प्राविधिकले घरगोठको संरचनाको तथ्याङ्क सङ्कलन गर्ने तथा वन कार्यालयबाट खटिएका प्राविधिकले रुख तथा बोटबिरुवाको तथ्याङ्क सङ्कलन गर्ने उहाँले बताउनुभयो ।

त्यस्तै कृषिज्ञान केन्द्रबाट खटिएका प्राविधिकहरुले डुबान क्षेत्रमा पर्ने फलफूलको तथ्याङ्क सङ्कलन गरेर ल्याउने एकाइ प्रमुख कार्कीको भनाइ छ । छिटो र विश्वसनीय ढङ्गले तथ्याङ्क सङ्लकनका लागि सजिलो होस् भनेर आयोजनाले विशेष प्रविधियुक्त मोबाइल एप्लिकेसनको निर्माण गरेको उहाँले बताउनुभयोे । मोबाइल एप्लिकेसनबाट तथ्याङ्क सङ्कलन गर्दा सही गणना निकाल्न सहज हुने एकाइ प्रमुख कार्कीले बताउनुभयो ।

“फिल्डमा खटिने प्राविधिकले डुबान क्षेत्रका प्रभावितको घरघरमै पुगेर तथ्याङ्क सङ्कलन गर्नुहुन्छ”, उहाँले भन्नुभयो, “प्राविधिकले प्रत्येक घरगोठ, फलफूल, निजी जग्गामा पर्ने बोटबिरुवाको तस्वीरसहित तथ्याङ्क सङ्कलन गरी कार्यालयमा ल्याएलगत्तै मुआब्जा निर्धारण गरी रकम वितरणको काम शुरु हुन्छ ।” आयोजनाले चालू आर्थिक वर्षभित्र मुआब्जा वितरणको काम सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिएको उहाँले जानकारी दिनुभयो ।

चालू आर्थिक वर्षको चैत महीनाभित्र जग्गाको मुआब्जा वितरण सकेर चालू आर्थिक वर्षभित्र घरगोठ फलफूलको पनि मुआब्जा वितरण सम्पन्न गर्ने लक्ष्य आयोजनाको रहेको एकाइका प्रमुख कार्कीको भनाइ छ । आयोजनाबाट गोरखातर्फ गण्डकी गाउँपालिका, शहीदलखन गाउँपालिका, आरुघाट गाउँपालिका, भीमसेन थापा गाउँपालिका र आरुघाट गाउँपालिकामा गरी कुल ३० हजार रोपनी क्षेत्रफल जमीन डुबानमा पर्ने आयोजनाले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ३० फाल्गुन बिहीबार  ९ : ०३ बजे

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा

मनसुन कमजोर, तराईमा तातो लहरको जोखिम

काठमाडौं । देशमा मनसुन भित्रिए पनि कमजोर अवस्थामा रहेकाले तत्काल

रास्वपा सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदका लागि