२०८३, १३ बैशाख सोमबार

सहकारीले आम महिलालाई आत्मनिर्भर बनाउँछः मन्त्री अर्याल

सहकारीले आम महिलालाई आत्मनिर्भर बनाउँछः मन्त्री अर्याल


ललितपुर, फागनु २६ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले राम्रो सहकारीको माध्यम महिलाहरूलाई आत्मनिर्भर बनाउनु पर्नेमा जोड दिएकी छन् ।

राष्ट्रिय सहकारी महासंघको आयोजनामा ललितपुरमा आइतबार शुरू भएको ‘सहकारीमा महिला सशक्तिकरण तथा समावेशिता राष्ट्रिय गोष्ठी’को उद्घाटन गर्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोगमा आयोजना गरिएको गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री अर्यालले सहकारीमा लागेर राम्रो सहकारीकर्मी बन्न महिलाहरूलाई आग्रह गर्दै सहकारीमार्फत महिलाहरूको आर्थिक अवस्था माथि उकास्ने कार्यमा लाग्न आग्रह गरिन । ‘तपाईहरू राम्रो सहकारीकर्मी बन्नुस, सहकारीकर्मी बनेर धेरै महिलालाई सहकारीमार्फत आत्मनिर्भर बनाउनुस’, मन्त्री अर्यालले भनिन, ‘आफुजत्तिकै अरूलाई बनाउने ठूलो कुरा हो । आफुमात्रै बन्न राजनीति र सहकारी क्षेत्र रोज्नुपर्दैन अरू नै थुप्रै क्षेत्र छन् । सहकारीमा लागेपछि आफु पनि बन्ने र अरूलाई पनि बनाउने हो ।’

काममा निरन्तर क्रियाशिलताले क्षमताको विकास हुने भन्दै मन्त्री अर्यालले त्यसमा जिम्मेवारीले थप क्षमता र परिपक्वताको विकास गर्ने बताइन् । सहकारी संस्थाको साधारणसभामा आएर हाजिर गर्ने मात्रै नभएर सहकारीमा लागेका महिलाहरूले नेतृत्वमा बराबरी दाबी गर्नुपर्ने समेत बताइन् ।

सहकारीमा जम्मा भएका पूँजीलाई लगानी गरेर आर्थिक उजार्जनतर्फ लाग्नुपर्ने उनको भनाइ थियो । हामीभित्र सिर्जना भएको भन्दै उहाँले के गर्ने भन्ने बाटो देखाउने मान्छेको मात्रै कमी भएको बताइन् । सहकारीहरूलाई दिने अनुदानमा अब तल्लो स्तरबाट उठेका र उठ्ने कोशिस गरिरहेका सहकारीलाई प्राथमिकता दिइने उनको भनाइ छ ।

प्रकाशित मिति : २०७५, २६ फाल्गुन आईतबार  ३ : ५९ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले