२०८२, ९ चैत्र मंगलबार

निर्माण सम्बद्ध श्रमिक संघको बैठक सम्पन्न

निर्माण सम्बद्ध श्रमिक संघको बैठक सम्पन्न


काठमाडौं, २६ फागुन : नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघको केन्द्रीय समितिको बैठक दाङको लमहिमा सम्पन्न भएका छन् । बैठकको उद्घाटन गर्दै नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष अजय कुमार राईले निर्माण क्षेत्रका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा दिलाउन अझै लड्नु पर्ने बताए ।

सरकारले तामझामकाबिच घोषणा गरेको सामाजिक सुरक्षाले सबैलाई समेट्ने भने पनि अनौपचारिक क्षेत्रका श्रमिकलाई समेट्न ठुलो चुनौती रहेको उल्लेख गर्दै संगठनलाई सशक्त बनाउदै ठोस नियमावली लगायतको विषयलाई प्रभावकारी दबाब दिनु पर्ने बताए । उपमहासचिव राजेस पालिखेले निर्माण श्रमिकहरुलाई श्रम कानुनले अझै पनि नसमेटेको उल्लेख गर्दै श्रम कानुनको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग माग राखे ।

बैठक स्थानीय तह सम्म समिती गठन गर्ने, असार मसान्तसम्म सदस्यता अद्दवधिक गर्ने निर्णय गर्नुकासाथै विभिन्न दश वटा विभागीय संयोजकहरु समेत तोकेका छन् । जसमा संगठन दुर्गा भन्डारि, सहकारी तथा सिप विकास खम्म शाह, आर्थिक गजेन्द्र पुडासैनी, वैदेशिक ध्रुव राय, श्रम सम्बन्ध कृष्ण श्रेष्ठ , राजनीतिक अयुब हुसेन, व्यवसायजन्य स्वास्थ्य र सुरक्षा संग्रामजित लामा, योजना तथा अनुसन्धान लक्ष्मी लामिछाने र प्रचार प्रसार विभागमा हरिशरण धिताललाई जिम्मेवारी दिएका छन् । बैठक नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघका अध्यक्ष जेबि गुरुङको अध्यक्षयतामा सम्पन्न भएको महासचिव प्रदिप आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : २०७५, २६ फाल्गुन आईतबार  ९ : ५३ बजे

रविको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछानेसँग सम्बन्धित मुद्दामा आज पनि सर्वोच्च अदालतमा

संसदको पहिलो बैठकमा हर्क साम्पाङका ४ प्रस्ताव, एमसीसी खारेज पहिलो एजेन्डा

विराटनगर । हर्क साम्पाङ ले प्रतिनिधिसभाको पहिलो बैठकमै एमसीसी खारेजी

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, दलको नेता चयन हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै हस्ताक्षर अभियान

काठमाडौँ । स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू), त्रिचन्द्र बहुमुखी क्याम्पसले जेन्जी

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार