२०८३, ९ असार बुधबार

तेमाल विद्यूतीकरण सहकारीको अध्यक्षमा सार्कीमान, सहकारी १३ लाख घाटामा

तेमाल विद्यूतीकरण सहकारीको अध्यक्षमा सार्कीमान, सहकारी १३ लाख घाटामा


काभ्रेपलाञ्चोक जिल्लाकोे तेमाल गाउँपालिकामा विद्यूतीकरण गठित तेमाल सामुदायिक विद्युतिकरण सहकारी संस्थाको अध्यक्षमा सार्कीमान तामाङ निर्वाचित भएका छन् ।

संस्थाको ११ औं साधारणसभाले सार्कीमान तामाङलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो साधारणसभाले उनी सहित सबै पदाधिकारी सर्वसम्मच चयन गरेको हो ।

नवनिर्वाचित तामाङ संस्थाको पूर्व अध्यक्ष एवं सामुदायिक विद्युत राष्ट्रिय महासंघका केन्द्रिय सदस्य पनि हुन् । नवनिर्वाचित उपाध्यक्षमा इन्द्र बहादुर अधिकारी, सचिबमा इन्द्रमान तामाङ, कोषाध्यक्षमा कुल बहादुर तामाङ, सहसचिबमा डी.एस. लामा, सदस्यहरुमा रेशम बहादुर तामाङ र प्रेम बहादुर तामाङ रहेका छन् ।

यसैबीच साधारणमा पेश भएको आर्थिक प्रतिवेदन भने पास हुन सकेन । कोषाध्यक्ष गणेश भण्डारीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन साधारणसभाले पास नगरेको हो ।

संस्थाका सदस्यहरुले आर्थिक विवरण बिस्तृत अध्ययन गर्नुपर्ने अडान राखेपछि प्रतिवेदन पास नभएको हो । नयाँ सञ्चालक समितिले विस्तृत अध्ययन गरेपछि मात्र आर्थिक प्रतिवेदनका बारेमा सत्य तथ्य सार्वजनिक गर्ने बतााइएको छ । संस्थामा १३ लाख भन्दा बढी घाटामा रहेको बताइएको छ ।

प्रकाशित मिति : २०७५, १८ फाल्गुन शनिबार  ८ : ४७ बजे

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा

मनसुन कमजोर, तराईमा तातो लहरको जोखिम

काठमाडौं । देशमा मनसुन भित्रिए पनि कमजोर अवस्थामा रहेकाले तत्काल

रास्वपा सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदका लागि