२०८१, २६ फाल्गुन सोमबार

भक्तपुरमा ढुंगानाले हार स्वीकार गरे, महेश बस्नेतको दोब्बर मतको अग्रता

भक्तपुरमा ढुंगानाले हार स्वीकार गरे, महेश बस्नेतको दोब्बर मतको अग्रता


काठमाडौं । भक्तपुरमा नेकपा एमालेका युवा नेता महेश बस्नेतले पूर्व सभामुख तथा कांग्रेस नेता दमननाथ ढुंगानालाई दोब्बर मतको अन्तरले पछि पारेका छन् । मतगणनाको शुरुदेखि नै अग्रता लिइरहेका बस्नेतले बस्नेतले २४ हजार ८६५ मत पाएका छन् ।

दमननाथ ढुंगाना १२ हजार ८९५ मतका साथ बस्नेतलाई पछ्याइरहेका छन् ।

सुर्यविनायक र मध्यपुर ठिमी दुई नगरपालिका रहेको सो क्षेत्र यसअघि कांग्रेसको गढका रुपमा परिचित थियो । तर यसपटक भने स्थानीय चुनावमा दुवै नगरपालिका एमालेले जितेको थियो । त्यसैको प्रभाव प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा समेत देखिएको छ । सो क्षेत्रमा नेपाल मजदूर किसान पार्टीको मत भने अनुराधा थापा मगरले सुरक्षित गर्न सकिनन् ।

यसैबीच महेश बस्नेतसँग प्रतिस्पर्धा गर्न गएका पूर्व सभामुख दमननाथ ढुंगानाले आफ्नो सम्भावित पराजय स्वीकार गरेका छन् । उनले ट्वीट गर्दै भने “भूतले खाजा खाने बेलामा उठिए जस्तो छ ।”

प्रकाशित मिति : २०७४, २३ मंसिर शनिबार  ६ : १० बजे

देशको आर्थिक अवस्था सुखद छैन् गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय देशको आर्थिक अवस्था

साँखुमा स्कुल बस दुर्घटना : छ जनाकाे मृत्यु, ४० घाइते 

काठमाडौं: काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक

सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल,