२०८१, २२ माघ मंगलबार

काभ्रेको मण्डनदेउपुरमा ठूला सवारीसाधन सञ्चालनमा रोक

काभ्रेको मण्डनदेउपुरमा ठूला सवारीसाधन सञ्चालनमा रोक


काभ्रेपलाञ्चोक, फागुन १२ गते: काभ्रे र सिन्धुपाल्चोकको पश्चिम भेग जोड्ने निर्माणाधीन हेलम्बु राजमार्गमा दिउँसो टिपरलगायत मालवाहक सवारी आवागमन आइतबारदेखि निषेध गरिएको छ ।

निर्माणमा अवरोध पुगेको जनाउँदै पाँचखाल नगरपालिका तथा मण्डनदेउपुर नपाका स्थानीय जनप्रतिनिधि, यातायात व्यवसायी तथा सडक आयोजनाका प्रतिनिधि सम्मिलित बैठकले निर्माण सम्पन्न नभएसम्म दिउँसो १२ देखि पाँच बजेसम्म मालवाहक सवारी आवागमन बन्द गर्ने निर्णय गरेको हो । उक्त समयमा खाली मालवाहक सवारीलाई समेत आवागमनमा निषेध गरिएको पाँचखाल–४ का वडाध्यक्ष सुन्दर लामाले जानकारी दिए ।

आपतकालीन भूकम्पीय सहायता योजनाअन्तर्गत स्तरोन्नति एवं पक्की सडक बनाउने योजना ९पुनःनिर्माण०को लम्बाइ पाँचखालस्थित जिरोकिलोदेखि सिन्धुपाल्चोकको मेलम्चीसम्म २३ किलोमिटर छ । एशियाली विकास बैंकको सहयोगमा स्तरोन्नति एवं कालोपत्र गरिने उक्त पाँचखाल–मेलम्ची सडक २०७४ कात्तिकदेखि शुरु भएको योजना विसं २०७६ कात्तिकमा सक्नुपर्ने सम्झौता छ ।

सडक ग्राभेल, वाल लगाउने, सडक कटिङ गर्ने, नाली, कल्भर्ट बनाउने काम भइरहेको मण्डन देउपुरका नगर प्रमुख टोकबहादुर वाइवाले बताए । उनका अनुसार दिउँसो मालवाहक सवारीलाई निषेध गरिएपछि सडक निर्माणको कामले तीव्रता पाउने विश्वास गरिएको छ । उक्त राजमार्गअन्तर्गत पाँचखाल–मेलम्ची सडक पुनःनिर्माणका लागि करीब रु एक अर्ब बजेट विनियोजन गरिएको सो सडकको हाल ३५ प्रतिशत काम सकिएको नपाप्रमुख वाइबाले जानकारी दिए । रासस

प्रकाशित मिति : २०७५, १२ फाल्गुन आईतबार  ७ : २१ बजे

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक

सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल,

आजको मौसम अपडेट : तराईमा बाक्लो हुस्सु, केही प्रदेशमा बदली हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

प्रधानमन्त्रीको प्रतिवद्धतापछि मन्त्री पौडेल उत्साहित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुझाव