२०८२, १८ माघ आईतबार

भुमकलाको ७१ वर्षमा नयाँ घरबारः भन्छिन्, दुवैका दुःख उस्तै रहेछन्, मन मिल्यो अनि ७१ वर्षमा घरबार जोडियो

भुमकलाको ७१ वर्षमा नयाँ घरबारः भन्छिन्, दुवैका दुःख उस्तै रहेछन्, मन मिल्यो अनि ७१ वर्षमा घरबार जोडियो


दाङ, फागुन ५ :  उमेर ७२ तर मुस्कानमा जवानीकै झल्को । हिमालको हिउँजस्तै टन्न मिलेका दाँत, हाँसिरहने बानी । बिहानदेखि साँझसम्म चोयाचेत्राको काम तर कतै देखिँदैन थकानको महसुस । सात दशक पार गरेको संघर्षको पेटारो सित्तिमिति खोल्न मन लाग्दैन उहाँलाई । उल्टै प्रश्न गर्नुहुन्छ– ‘ए, बरै ! पुराना दुःख सम्झेर के हुन्छ र ? आज रमाइलै गरी बितेको छ, यति भए त पुग्यो ।’ यो समाचार आजको नेपाल समाचारपत्रमा नरेन्द्र केसीले लेखेका छन् ।

हरेक व्यक्तिका आफ्नै कथा हुन्छन् तर सबैका कथा मन छुने हुँदैनन् । दाङको घोराही उपमहानगरपालिका–१० लमडरुवा डाबरस्थित ऐलानी बस्तीको सानो झुपडीमा बस्ने एक वृद्धा आमाको संघर्ष र उद्यमशीलताको निकै मार्मिक कथा छ ।

सानै उमेरदेखि बाँसका सुपा बुन्न सिकेकी ७२ वर्षीया भुमकला घर्तीको बुढेसकालमा यही सीप नै सहारा बनेको छ । अहिले पनि उहाँ दैनिक तीनवटा जति सुपा बुन्नुहुन्छ, आफू र श्रीमान्को जोहो यसैबाट चलेको छ । ‘यत्ति त होइन, सानो श्रीमान्को पसल पनि छ’ –आफ्नै सीप र श्रमको त्यति बढाइचढाइ गरेको मन पर्दैन उहाँलाई ।

साविक सैघाको खानीगाउँमा जन्मेकी भुमकलाको गाउँमै सानैमा विवाह भयो । एक छोरा र चार छोरी जन्मे । छोरीहरु सबैको विवाह भयो । छोराले पनि बिहे गरे । श्रीमान् रहँदासम्म राम्रै थियो उहाँको परिवार तर श्रीमान् बितेपछि छोराबुहारीबाट सम्मान पाउन सक्नुभएन । ‘बुढा त बितिगए, छोराबुहारीले राम्रै व्यवहार गर्लान् भनेर बाह्र वर्षसम्म बसें’, उहाँ विगत सम्झनुहुन्छ– ‘तर, पछिपछि त छोराबुहारी नै लागेर मलाई पिट्न थालेपछि बसिनसक्नुभयो र नयाँ घरबारको सोच बनाएँ ।’

नभन्दै साविक सैघाकै श्रीमती बितेका एक वृद्ध भेट्नुभयो उहाँले । ‘उहाँको पनि श्रीमती बितेको दुईवर्ष भएको रहेछ, म पनि बाह्र वर्षदेखि छोराछोरीको पिटाइ खाँदाखाँदा हुक्क भइसकेकी थिएँ’,७१ वर्षको उमेरमा नयाँ घरवार बसाउनुको कारण खोल्दै उहाँले भन्नुभयो– ‘दुवैका दुःख उस्तै रहेछन्, मन मिल्यो अनि ७१ वर्षमा नयाँ घरबार जोडियो ।’

दुःखकै कारण दोस्रो विवाह गरे पनि त्यसपछि भने सुखका दिन शुरु भएको भुमकलाको अनुभव छ । पढ्ने लेख्ने र अक्षर चिन्ने त परकै कुरा श्रीमान्की नाम थाहा छैन उहाँलाई तर गहिरो दर्शन भेटिन्छ उहाँका जीवन भोगाइभित्र । ‘काम गरेर खानुलाई त दुःख भनिँदैन नि’, हाँसोको खित्का छाड्दै, जीवनको सार मिसाउँदै उहाँ थप्नुहुुुन्छ– ‘बूढाबूढी हाँसेका छौं, मन लागेको कुरा खाएका छौं, रमाएको छौं, यही होला सुख भनेको ।’

प्रकाशित मिति : २०७५, ५ फाल्गुन आईतबार  ७ : ०२ बजे

डाँडापारिको विकासका लागि एमाले उम्मेदवार अमित लामाको प्रतिबद्धता

काभ्रे । डाँडापारि क्षेत्रको समग्र विकास, रोजगारी सिर्जनाका लागि स्थानीय

युवा सङ्घ नेपालको नेतृत्व महाराज गुरुङलाई

काठमाडौं। राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद्को प्रथम बैठकले

फास्ट ट्र्याकको भौतिक प्रगति ४५ प्रतिशत, तोकिएकै समयमा सम्पन्न हुने सेनाको दाबी

काठमाडौं । संघीय राजधानी काठमाडौंलाई मधेशसँग जोड्ने काठमाडौं–तराई फास्ट ट्र्याक

चुनावपछि पनि ‘जेलेन्स्की’ जन्माउने प्रयास हुँदैछ : शंकर पोखरेल

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन–जी आन्दोलनपछि नेपालमा विदेशी

सिन्धुलीमा विजयको झण्डा फहराउने उद्घोष

सिन्धुली। नेकपा एमालेले निर्वाचन केन्द्रित अभियानलाई तिब्रता दिएको छ ।