२०८२, ९ पुस बुधबार

साथीको फेक आईडी बनाएर केटालाई अश्लिल म्यासेज पठाउने किशोरी पक्राउ

साथीको फेक आईडी बनाएर केटालाई अश्लिल म्यासेज पठाउने किशोरी पक्राउ


डोटी, २ फागुन : साइबर क्राइमको आरोपमा डोटीमा एक किशोरी पक्राउ परेकी छन् । सामाजिक सञ्जालबाट आफ्नै विद्यालयमा अध्ययन गर्ने साथीको तस्बीरको प्रयोग गर्दै अन्य व्यक्तिसँग अश्लील कुरा गर्ने र अश्लील काम गर्छु भन्दै अश्लील कुरा सामाजिक सञ्जालमार्फत गर्ने गरेको भन्दै उनका नाममा पीडित महिलाले अपराध महाशाखा काठमाडौँमा मुद्दा हालेकी थिइन् ।

पीडित किशोरीको निवेदनका आधारमा आरोपित किशोरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताउनुभयो ।

घटनाको संवेदनशीलतालाई मध्यनजर गरी आरोपी र पीडितको नाम गोप्य राखिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । आरोपीलाई थप अनुसन्धानका लागि अपराध महाशाखा काठमाडाँै हनुमान ढोका पठाउने तयारी भइरहेको प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक धामीले बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २ फाल्गुन बिहीबार  ७ : ५१ बजे

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

दलका कार्यालयको क्षति संकलन गर्दै सरकार, कांग्रेसबाट सुरु

काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिले जेनजी आन्दोलनका

एमाले पार्टी कार्यालय पुगे सञ्चारमन्त्री जगदीश खरेलसहित सरकारी टोली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको केन्द्रीय

नागरिक सुरक्षा र लोकतन्त्र रक्षाका लागि कोशीमा एमाले सडकमा

विराटनगर। असंवैधानिक र प्रतिशोधपूर्ण सरकारको दमनकारी कदमविरुद्ध नेकपा (एमाले) कोशी

के भयो रवि लामिछाने र बालेन साहबीच ६ घण्टा लामो वार्तामा ?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ