२०८१, २३ माघ बुधबार

हनुमन्ते पुलमुनि भेटियो बालिकाको शव

हनुमन्ते पुलमुनि भेटियो बालिकाको शव


भक्तपुर, २६ माघ : मध्यपुर ठिमी नगरपालिका र भक्तपुर नगरपालिका जोड्ने हनुमन्ते पुलमुनि आज एक बालिकाको शव भेटिएको छ । थिमिको राधेराधेसँगैको हनुमन्ते खोलाको पुलमुनि अनुहार चिन्न नसक्ने अन्दाजी १० देखि १२ वर्ष उमेरकी एक बालिकाको शव भेटिएको प्रहरीले जानकारी दिएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले केही दिनअघि नै मृत्यु भइसकेको जस्तो देखिने, अनुहार कुकुर र अन्य किराले खाएर चिन्नै नसक्ने अबस्थामा बालिकाको शव भेटिएको बताउनुभयो ।

बालिकको शव खोलामा बगाएर ल्याएको हुनसक्ने आशङ्का व्यक्त गर्दै उहाँले बालिकाको हत्या वा अरू के हो भन्ने तत्कालै भन्न सक्ने अवस्थामा नभएको बताउँदै घटनाको अनुसन्धान भने शुरु गरेको बताउनुभयो । बालिकको शवपरीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको उहाँले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २६ माघ शनिबार  ७ : १३ बजे

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक

सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल,

आजको मौसम अपडेट : तराईमा बाक्लो हुस्सु, केही प्रदेशमा बदली हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

प्रधानमन्त्रीको प्रतिवद्धतापछि मन्त्री पौडेल उत्साहित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुझाव