२०८३, ९ आश्विन शनिबार

महालक्ष्मी लाइफको कारोवार आइतबारदेखि

महालक्ष्मी लाइफको कारोवार आइतबारदेखि


काठमाडौँ, २४ माघ: देशको सबैभन्दा कान्छो अर्थात् १९औँ जीवन बीमा कम्पनीका रुपमा महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले यही माघ २७ गते आइतबारदेखि कारोवार सञ्चालन गर्ने भएको छ । आज राजधानीमा पत्रकार सम्मेलन गरेर कारोवार शुभारम्भको घोषणासँगै कम्पनीले तीन आकर्षक बीमा योजना बिक्री गर्ने जनाएको छ । राष्ट्रिय बीमा समितिबाट स्वीकृतिअनुरुप कम्पनीले महालक्ष्मी डबल सावधिक बीमा, लगानी फिर्ता म्यादी बीमा तथा महालक्ष्मी आवधिक बीमा योजना बिक्री गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले बताउनुभयो ।

“महालक्ष्मी डबल आवधिक बीमा योजनामा बोनसको गणना गर्नै नपर्ने गरी तोकिएको अवधि समाप्तिपछि बीमाङ्कको दोब्बर रकम भुक्तानीको ग्यारेन्टी गरिएको छ”, लगानी फिर्ता म्यादी बीमा योजनामा बीमा शुल्क भुक्तानीपछि तोकिएको अवधिमा कुनै घटना भएमा एकमुष्ट बीमाङ्क रकम भुक्तानी पाउने र घटना नभएमा अवधि समाप्तिपछि जम्मा गरेको बीमा शुल्क जस्ताको त्यस्तै फिर्ता गरिने योजना सुनाउँदै उहाँले भन्नुभयो ।

त्यसैगरी महालक्ष्मी आवधिक बीमा योजनाअन्तर्गत न्यूनतम बीमा शुल्कमा सुरक्षा पाइने, बचत हुने र कम्पनीको नाफामा समेत सरिक हुन पाइने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । कम्पनीले यही माघ महीनाभित्रै काठमाडौँ, वीरगञ्ज र पोखराबाट कारोवार थाल्ने तथा इटहरी, सुर्खेत, धनगढी र कोहलपुरबाट फागुन दोस्रो सातामा कारोवार सञ्चालन गर्ने जनाएको छ । कम्पनीकोे चुक्ता पूँजी रु दुई अर्ब छ भने संस्थापकबाट रु एक अर्ब ४० करोड चुक्ता भइसकेको छ । कम्पनीले भने रु ६० करोड सर्वसाधारणका लागि छुट्याइएको बताइको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २४ माघ बिहीबार  ६ : ३९ बजे

बुडोल साकोसको वित्तीय स्वास्थ्य परीक्षण, ऋणदेखि तरलता र पूँजीकोषसम्म नियामकको निगरानी

काभ्रे । बचत तथा ऋण सहकारीको वित्तीय कारोबारमाथि नियामकीय निगरानी

इरानको अमेरिकालाई कडा सर्त : सम्झौता कार्यान्वयन भए ७ दिनमै होर्मुज स्ट्रेट खुल्ने

काठमाडौं । इरानले अमेरिकासमक्ष नयाँ प्रस्ताव राख्दै आवश्यक सर्तहरू पूरा

संयुक्त राष्ट्रसंघको महासभा सकेर प्रधानमन्त्री बालेन आज स्वदेश फर्किंदै

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन्द्र

नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं । एसियन गेम्सअन्तर्गत क्रिकेट प्रतियोगितामा नेपालले आयोजक जापानसामु १५०

‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक

काठमाडौं । ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा