२०८२, ६ फाल्गुन बुधबार

‘सङ्घीयताबाट आत्तिनु पर्दैन’ :सचिव अर्याल

‘सङ्घीयताबाट आत्तिनु पर्दैन’ :सचिव अर्याल


काठमाडौँ, २२ माघ:राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव बैकुण्ठ अर्यालले सङ्घीयता कार्यान्वयनकै चरणमा रहेकाले पहिलो वर्षको सङ्घीय अभ्यासमा आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ । आयोगका सचिव अर्यालले सङ्घीय प्रणाली खर्चिलो भए पनि आर्थिक गतिविधि बढाउने भएकाले आत्तिहाल्न नहुने बताउनुभयो । ‘सङ्घीयतामा वित्तीय हस्तान्तरण ः नेपालको अभ्यास र चुनौती’ विषयमा नेपाल आर्थिक पत्रकार समाजले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा उहाँले भन्नुभयो, “बढी खर्च भयो भन्दैमा डराउनु पर्दैन यसले आर्थिक गतिविधि र राजश्व वृद्धिमा पनि सहयोग पुगेको छ, अर्को वर्षबाट परिणाममुखी सुधार देखिनेछ ।”

सचिव अर्यालले सङ्घीयता प्रभावकारी कार्यान्वयनका जनशक्ति, संस्थागत क्षमता र प्राविधिक जनशक्तिको उचित व्यवस्थापन हुन जरुरी भएको उल्लेख गर्नुभयो । उहाँका अनुसार प्राकृतिक स्रोतबाट आउने रोयल्टी समग्र राज्यले उपयोग गर्नुपर्ने हुन्छ । उदाहरणका लागि सगरमाथा खुम्बु गाउँपालिकामा परे पनि सगरमाथाको रोयल्टी खुम्बुले मात्र नभई सबैले उपयोग गर्न पाउनुपर्छ । नेपालमा स्रोत परिचालनको अधिकार, वित्तीय जिम्मेवारी सङ्घ सम्बन्धमा विकेन्द्रीकरण ऐन विसं २०३९ मै बनेको थियो ।

वित्तीय हस्तान्तरण र कर प्रणालीका सम्बन्धमा संवैधानिक र कानूनी व्यवस्था गरिएको छ । संविधानको धारा, ५७ मा राज्य शक्तिको बाँडफाँड उल्लेख छ । धारा, ५९ मा आर्थिक अधिकारको प्रयोग व्यवस्था छ । जुन सङ्घीय कानून निर्देशित हुन्छ । यसअनुसार तीन वटै तहले आम्दानीभन्दा बढी घाटा देखाउन पाउँछन् । संविधानको धारा, ६० मा राजश्व स्रोतका बाँडफाँड र धारा २३५ मा तीन तहको समन्वय उल्लेख गरिएको छ । एउटै भूगोलभित्र स–साना एकाईमा सार्वजनिक सेवा प्रवाह गर्न स्रोत परिचालनको अधिकारसहित कार्य जिम्मेवारी दिने अभ्यास वित्तीय सङ्घीयता हो । सङ्घीय शासन प्रणाली अपनाएका मुलुकमा प्रचलित, तर सेवा प्रवाह गर्न स्रोत परिचालनको अधिकारसहित कार्य जिम्मेवारी दिने अभ्यास पनि हो ।
-रासस

प्रकाशित मिति : २०७५, २२ माघ मंगलबार  ६ : ४७ बजे

राजनीति वालवालिकाको सुन्दर भविश्यका निम्ती केन्द्रीत हुनुपर्छः मनोजजंग

सिन्धुलीः नेकपा एमालेका तर्फबाट सिन्धुली क्षेत्र नंं २ का उमेदवार

नेपाली कांग्रेसले सार्वजनिक गर्‍यो १०‑बुँदे प्रतिज्ञापत्र

काठमाडौँ । नेपाली कांग्रेसले आज जनकपुरमा आयोजित कार्यक्रममार्फत आफ्नो प्रतिज्ञापत्र

एमाले अध्यक्ष केपी शर्मा ओली बालबालिकाका सच्चा संरक्षक हुन् : अमित लामा

बनेपा । नेकपा एमालेका केन्द्रीय सदस्य तथा काभ्रेपलाञ्चोक प्रतिनिधि सभा

आगामी निर्वाचन भ्रष्टाचारविरुद्धको महाअभियान हो : अमित लामा

बनेपा । नेकपा एमाले का केन्द्रीय सदस्य तथा काभ्रेपलाञ्चोक प्रतिनिधि

सहकारी ठगहरूलाई तह लगाइने : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मधेश प्रदेशको वित्तीय