२०८३, २४ आश्विन आईतबार

आज कोशी र बागमतीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना

आज कोशी र बागमतीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना


काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव रहँदा आज कोशी र बागमतीसहित पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमानअनुसार हाल कोशी, मधेश र बागमती प्रदेशमा सामान्यतया बादल लागेको छ भने अन्य भूभागमा आंशिक बदली रहेको छ। यी तीन प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ।

त्यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्ने पूर्वानुमान छ।

आज राति पनि पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने तराईको मौसम मुख्यतया सफा रहनेछ। तराईका थोरै स्थानमा बिहानपख हुस्सु लाग्न सक्नेछ।

राति कोशी, बागमती र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति : २०८३, २४ आश्विन आईतबार  ९ : ४७ बजे

बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न गृहमन्त्रीको आग्रह

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५४६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५४६ वटा सवारीसाधनका

विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको खरिददर १५४.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कोशी र बागमतीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको

कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा केन्द्रीय महामन्त्री