२०८२, १ पुस मंगलबार

जेल गएकै दिन झ्यालमा झुन्डिएर आत्महत्या

जेल गएकै दिन झ्यालमा झुन्डिएर आत्महत्या


दोलखा, १७ माघ : श्रीमतीको हत्या आरोपमा पुर्पक्षका लागि थुनामा राखिएका कालिञ्चोक गाउँपालिका–५ लापिलाङका २४ वर्षीय च्याङ्वा शेर्पाले गएराति कारागारभित्रै झन्डिएर आत्महत्या गरेको प्रहरी नायब उपरीक्षक वासुदेव पाठककले जानकारी दिनुभयो । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

शेर्पाकी श्रीमती सर्किनी शेर्पा गत पुस १६ गते आफ्नै कोठामा पासो लगाई मृत अवस्थामा फेला परेकी थिइन् । उक्त अभियोगमा गत पुस २० गते पक्राउ परेका शेर्पालाई २४ दिन प्रहरी हिरासतमा राखी अनुसन्धानपछि मंगलबार अदालत पेस गरिएको थियो ।

प्र्रहरीका अनुसार अदालतको आदेशपछि कारागार चलान गरिएका शेर्पा मध्यराति शौचालय गएका थिए । लामो समयसम्म नआएपछि खोजतलास गर्दा उनी झ्यालमा झुन्डिएको अवस्थामा फेला परेका थिए ।

प्रकाशित मिति : २०७५, १७ माघ बिहीबार  ८ : ०६ बजे

११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोगका पदाधिकारी निर्विरोध निर्वाचित

काठमाडौं । नेकपा (एमाले)को ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

एमाले केन्द्रीय सदस्यमा खुला युवा क्लस्टरबाट नरेश रोकाय र सुशील थापा निर्विरोध

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा खुला युवा क्लस्टरबाट

एमालेबाट निर्वाचित चारै महानगरका उपमेयर केन्द्रीय सदस्यका उम्मेदवार

काठमाडौं । स्थानीय तह निर्वाचनमा देशभरका छ महानगरपालिकामध्ये चार वटामा

एमाले अध्यक्षमा ओली-पोखरेलबीच प्रतिस्पर्धा

काठमाडौं । नेकपा एमालेको आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि दुई

एमाले महाधिवेशन : बन्दसत्र सुरु, अध्यक्ष केपी शर्मा ओलीद्वारा सम्बोधन

काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु भएको