२०८३, २५ बैशाख शनिबार

बनेपा बुडोलमा दुई राउण्ड हवाई फायर, बामको गाडी माथि तोडफोड

बनेपा बुडोलमा दुई राउण्ड हवाई फायर, बामको गाडी माथि तोडफोड


काठमाण्डौ/बनेपालको बुडोलमा गएराति काँग्रेसका कर्ताले बामगठबन्धनका कार्यकर्ता चढेको गाडीमा अन्धधुन्द आक्रमण गरेका छन् । आक्रमणबाट बा २ च ९०४२ नम्बरको गाडीमा क्षति पुगेको छ । उक्त गाडीमा बनेपा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष सचिता नन्द केसी, वडासदस्य कृष्णमणि कुईकेल त्यस्तै भेषराज शाह र सूर्य केसी सवार थिए । आक्रमणबाट गाडीको सिसा फुटेको छ । उनीहरुले गाडीमा ढुंगामुढा गर्नुका साथै आगजनीको प्रयास समेत गरेका थिए ।

बुडोलको भत्केश्वर मन्दिर नजिकै रहेको श्याम श्रेष्ठका घरमा मदिरा सेवन गरी बनेका काँग्रेस कार्यकर्ताहरु सुरेश रिमाल, राजु मानन्धर, रोहित कोइराला लगायत बाम गठबन्धनका गाडी माथि अन्धधुन्ध आक्रमण गरेका वडा सदस्य कुईकेलले जानकारी दिए । घटनालाई नियन्त्रणमा लिन बनेपा प्रहरीले दुई राउण्ड हवाई फायर गरेको थियो । काँग्रेसको आक्रमणमा परि बेनी पाण्डे घाइते भएका छन् । साथै उनको मोटरसाइकलमा समेत क्षति पुगेको छ ।

प्रहरीले काँग्रेस कार्यकर्ताको बा ३२ प ७३९ नम्बरको पल्सर मोटरसाकल र अर्को नम्बर प्लेट नभएको स्कुटर नियन्त्रणमा लिएको छ । “मेरो गाडी चुनावी प्रचारप्रसारमा हिडेदेखि नै उनीहरुले निसाना बनाइरहेका थिए, कुईकलले भने “उनीहरुको आक्रमण शैलीले पनि पुष्टि गर्छ कि, उनीहरु ठूलै अप्रिय घटनाको योजनामा थिए ।”

प्रकाशित मिति : २०७४, २१ मंसिर बिहीबार  ६ : ३९ बजे

पश्चिम बंगालमा पहिलो पटक भाजपा सरकार, शुभेन्दु अधिकारी बने मुख्यमन्त्री

पश्चिम बंगाल मा पहिलो पटक भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको

दाङमा वनको काठ विवाद : बञ्चरो प्रहारबाट एक जनाको हत्या

दाङ । राजपुर गाउँपालिका–४ मोतीपुरमा सामुदायिक वनको काठ लिने विषयमा

हर्मुज जलमार्गमा नयाँ नियम ल्याउँदै इरान, जहाजको विस्तृत विवरण अनिवार्य

तेहरान । इरानले हर्मुज जलमार्ग हुँदै सञ्चालन हुने अन्तर्राष्ट्रिय जहाजमाथि

देउवा समूह सातै प्रदेशमा भेला गर्दै, महाधिवेशन केन्द्रित रणनीति तीव्र

काठमाडौं । नेपाली कांग्रेसभित्र आगामी १५औं महाधिवेशनको तयारी तीव्र भइरहेका

उपसभामुखको हस्ताक्षर विवादमा, हर्क साम्पाङ आक्रोशित

काठमाडौं । उपसभामुखसँग सम्बन्धित हस्ताक्षर प्रक्रियालाई लिएर देखिएको विवादले राजनीतिक