२०८३, १० भाद्र बिहीबार

भारतको हरिद्वारबाट दुई नेपाली युवा बेपत्ता

भारतको हरिद्वारबाट दुई नेपाली युवा बेपत्ता


दुल्लु, ५ माघ : भारतमा मजदूरी गरेर नेपाल फर्किंदै गरेका दैलेखका दुई युवा बेपत्ता भएका छन् । नारायण नगरपालिका–४ सोत गाउँका ४० वर्षीय भक्तबहादुर कटुवाल र सोही ठाउँका ३४ वर्षीय चक्रबहादुर सुनार भारतको उत्तराखण्ड प्रदेशमा पर्ने हरिद्वारमा लुटिएसँगै बेपत्ता भएका हुन् । सो प्रदेशको रुद्रप्रयागबाट घर फर्किने क्रममा गत पुस २८ गते दिउँसो अपरिचित व्यक्तिको समूहले नशालु वस्तु खुवाएर बेहोस पारी ८७ हजार भारतीय रुपैयाँ लुटेको जानकारी प्राप्त भएको नारायण–४ का वडा सदस्य खगिसरा सुनारले बताउनुभयो ।

रुद्रप्रयागमा अढाइ महीना मजदूरी गरी घर आउँदै गर्दा उहाँहरुलाई दिउँसोको समयमा हरिद्धारको बसपार्क नजिक अपरिचित व्यक्तिले जबर्जस्ती चिया खुवाएलगत्तै बेहोस भएपछि नगद, लत्ताकपडा, मोबाइलसमेत लुटिएको भक्तबहादुरकी भाइबुहारी पुष्पाले जानकारी दिनुभयो । घटनाको पाँचौँ दिन हरिद्वार नजिकको एक जङ्गलमा होस खुलेपछि नजिकको बस्तीमा आएर चक्रबहादुरले घर परिवारको मोबाइलमा शुक्रबारमात्र सम्पर्क गरेपछि घटनाबारे थाहा भएको हो । अर्काकै फोनबाट घरपरिवारलाई सम्पर्क गरेका उहाँहरु आजसम्म घर नआएको पुष्पाले बताउनुभयो ।

फोन सम्पर्कमा ल्याइदिने व्यक्तिले पाँच हजार भारतीय रुपैयाँ रेमिटान्समार्फत पठाउन लगाएका र सो रकम प्राप्त गरेपछि फोन नउठाएपछि थप शङ्का पैदा भएको चक्रका छोरा नरेशले बताउनुभयो । दैलेखका पत्रकार अमर सुनारको पहलमा उहाँहरुका बारेमा हरिद्वारमा रहेका दैलेख पिपलकोटका रामप्रसाद जोशी र उत्तराखण्डकै रुद्रपुरमा रहनुभएका मनोज थापाले शुक्रबार दिनभर भारतीय प्रहरी, सामाजिक सञ्जाल र सम्भावित सूचना स्रोतसँग खोजविन गर्दासमेत पत्ता लाग्न सकेको छैन ।
-रासस

प्रकाशित मिति : २०७५, ५ माघ शनिबार  ७ : २२ बजे

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत

अस्पतालमा बेपत्ता आफन्त खोज्दै बाढी प्रभावित, नाम टिपाउँदै आफन्तजन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको

बाढीका घाइतेको उपचारमा चक्रदेवी अस्पताललाई इन्धन र विद्युत्को संकट

काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढीपछि घाइतेको उपचारको मुख्य

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री