२०८२, १० फाल्गुन आईतबार

एम्बुलेन्स नचल्दा सेवाग्राही मारमा

एम्बुलेन्स नचल्दा सेवाग्राही मारमा


ताप्लेजुङ, २ माघ:जिल्ला अस्पतालसँग दुई एम्बुलेन्स भएपनि लामो समयदेखि प्रयोगविहीन अवस्थामा हुँदा सेवाग्राही मारमा परेका छन् । एउटा एम्बुलेन्स वर्षाँैदेखि बिग्रिएर थन्किएको छ । गत भदौमा स्वास्थ्य सेवा विभागले उपलब्ध गराएको अर्को एम्बुलेन्स अहिलेसम्म प्रयोगमा आउन सकेको छैन । सरकारी अनुदानमा उपलब्ध सो एम्बुलेन्स बिरामी बोक्नुको सट्टा अन्य काममा प्रयोग गर्ने गरिएको छ । चालक नियुक्तिका लागि प्रदेश सरकारबाट सहमतिपत्र नपाएपछि चार महीनादेखि उद्देश्य अनुरुप एम्बुलेन्स सञ्चालन गर्न सकिएको छैन । पुरानो एम्बुलेन्स मर्मत खर्च अभावले थन्किएको छ ।

“अस्पताल आफँैले करारमा चालक नियुक्ति गर्न मिल्दैन, प्रदेशबाट कर्मचारी नियुक्तिसम्बन्धी अनुमतिपत्र चाहिन्छ । निर्देशिका बनेपछि अनुमतिपत्र लिएका छौँ, अब चाँडै चालक नियुक्ति गरेर एम्बुलेन्स सञ्चालनमा ल्याउँछौँ”, अस्पतालका निमित्त प्रमुख डा सोनिङ लामाले भन्नुभयो । एम्बुलेन्स प्रयोगविहीन बनेपछि सेवाग्राहीले चर्को मूल्य तिरेर व्यावसायिक संस्थाका एम्बुलेन्स प्रयोग गर्नुपर्ने बाध्यता छ ।

-रासस

प्रकाशित मिति : २०७५, २ माघ बुधबार  ८ : १३ बजे

कमलामाईमा चुनाबी माहौल बनाउँदै एमाले उमेदवार थापा

सिन्धुलीः उमेदवारहरुको भीडमा सिन्धुली क्षेत्र नंं २ मा बौद्धिक, क्षमतावान

कल्पना राईः सोलुखुम्बुको सपना र सशक्त युवा नेतृत्व

आज सगरमाथा पनि खुशीले हाँसेको छ । वरपरका शिखरहरुले गर्वका

बालेन्द्रको नैतिकतामाथि प्रश्न ?

नेतृत्व लोकप्रियताको क्षणिक खेल होइन । त्यो आचरण, जवाफदेहिता र

झण्डा जलाउने र निषेध गर्ने कार्यप्रति कांग्रेस उम्मेदवार तिमल्सिनाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवार