२०८३, ९ असार बुधबार

तेमालको ७ नम्बरमा काभ्रेकै नमूना काम

तेमालको ७ नम्बरमा काभ्रेकै नमूना काम


तेमाल काभ्रे २५ पुस :  देशमा संघीयताका विषयमा नकारात्मक टिकाटिप्पणी भइरहेका बेला त्यसै व्यवस्था अन्तर्गत रहेको काभ्रेको एउटा स्थानीय तह तेमाल गाउँपालिकाको वडा नं. ७ ले जनताका अत्यावश्यक सेवा सुविधालाई घर आगनमा नै पुर्याएको छ ।

संघीयताका विरोधीहरु चलमलाई रहेको अवस्थामा संघीय व्यवस्थाको सानो इकाईले गरेको यो नमूना काम प्रशंसनीय रहेको छ । स्थानीय सरकारले वडास्तरमा जनतालाई उपलब्ध गराएको काभ्रेमा यो पहिलो र नमुना सेवा हो । यसबाट जनतामा संघीय शासन प्रणालीप्रति नयाँ आशा र भरोसा थपिएको छ ।

सेवा प्रवाह गरिएको तेमाल गाउँपालिकाको वडा नं. ७ मा जम्मा ७ सय १६ घरधुरीको बसोबास रहेको छ । झण्डै ३६ सय नागरिक रहेको यो वडामा अधिकांश तामाङ समुदायको बसोबास रहको छ भने मैनाली, ठकुरी, पाण्डे, दलित लगायत समुदायको बसोबास रहेको छ । गत १६ गते वडाको काल्दारबेशीबाट जनतालाई स्थानीय सरकारले अत्यावश्यक विभिन्न सेवा घर आँगनमा नै पुर्याएको हो । वडाभित्रका सेवाग्राहीहरुलाई स्थानीय सरकारबाट उपलब्ध गराउँदै आएको विभिन्न सेवाहरु लिएर वडाध्यक्ष ज्ञानबहादुर तामाङ वडाबासीको बीचमा पुगेको थिए ।

घरआँगन मै नागरिकता सिफारिस ३४ जनाले लिए भने जन्म दर्ता ५२ जना, र विवाह दर्ता १४ जनाको भएको थियो । मृत्यु दर्ता पहिलादेखि नै नभएकाहरुको समेत गरी ११ जनाको गरिएको थियो । त्यसैगरी जेष्ठ नागरिक परिचय पत्र ६३ जनाले प्राप्त गरेका थिए । स्वास्थ्य परीक्षण ३ सय ७३ जनाले गराएका थिए । यसरी सेवा लिनेमा सबैभन्दा बढी महिला रहेका छन् ।

त्यसैगरी स्थानीले जनताको सेवा घरआँगनमा भनेर पुगेको स्थानीय सरकारको सेवाबाट पशुको स्वास्थ्य परीक्षण पनि गरियो । यसमा किसानले पालेका बोकालाई खसी पार्ने, पशुको अन्य रोगहरुको स्वास्थ्य परीक्षणपछि पशु चिकित्सकबाट औषधी वितरण गरिएको थियो । त्यसैगरी विभिन्न ३० स्थानमा किसानको खेतबारीको माटो परीक्षण समेत गरिएको वडा अध्यक्ष ज्ञानबहादुर तामाङले बताएका छन् । परीक्षणबाट कृषि विज्ञद्वारा किसानलाई कुन बाली खेतबारीमा लगाउन उपयुक्त हुने भन्ने बारेमा सुझाव दिएका थिए ।

त्यसैगरी भुकम्पमा परी आंशिक क्षतिको सूचीमा परेका पीडितहरुलाई पूर्ण क्षतिको सेवा प्राप्त गर्नका लागि घर भत्काएर बनाउने प्रतिवद्धता सहितको निवेदन संकलन गरिएको थियो । यसबाट पीडित ३८ घरधुरीले सेवा लिन पाउने सम्भावना रहेको वडाअध्यक्ष बताउँछन् । यो सेवामा सँगसँगै सहभागी भएका जनप्रतिनिधीहरुले आर्थिक वर्ष ०७५/०७६ को वडाका योजनाहरुको स्थलगत अनुगमन समेत गरेका थिए भने जनताले उनीहरुसँग आफ्ना योजनाका बारेमा गुनासो राखेका थिए ।

वडाले गरेको यो प्रशंसनीय कार्यको गाउँपालिकाका प्रवक्ता एवं वडा नं. ७ का वडाअध्यक्ष ज्ञानबहादुर तामाङको अध्यक्षतामा गाउँपालिकाकी उपप्रमुख दुर्गामाया तामाङले शुभारम्भ काल्दारबेशीबाट गरेकी थिइन् ।

कार्यक्रममा वडा सचिव कमलप्रसाद भूर्तेल, वडा सदस्यहरु मिमलाल तामाङ, राजु तामाङ, फूलमाया दमाई, भुकम्प पुनर्निर्माणका इन्जिनियर यज्ञराज जोशी, हेल्थपोष्ट इन्चार्ज रोहित चौधरी, अनमी चमेली तामाङ, भेटेरीनरी प्राविधिक पुरुषोत्तम हुमागाईं, कृषि प्राविधिक पवन वली, नरेन्द्र देवकोटा, भेटनरी प्राविधिक अनिता श्रेष्ठ, प्राविधिक रामकुमार भण्डारी, महिला विकास शाखाबाट देवकी मैनाली लगायतले सेवाग्राहीलाई सक्रिय सहभागी भई सेवा प्रवाह गरेका थिए ।

कार्यक्रममा स्थानीयबासीले १ लाख ५२ हजार रुपियाँ भूमीकर बुझाएका थिए । काभ्रेका तेमाल जस्तै अन्य दुर्गम स्थानका स्थानीय तहहरुले सम्पती कर भने उठाउन सकिरहेका छैनन् ।

प्रकाशित मिति : २०७५, २५ पुस बुधबार  ८ : २० बजे

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा

मनसुन कमजोर, तराईमा तातो लहरको जोखिम

काठमाडौं । देशमा मनसुन भित्रिए पनि कमजोर अवस्थामा रहेकाले तत्काल

रास्वपा सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदका लागि

रास्वपा महाधिवेशन अघि बढ्यो : मतदाता नामावली प्रकाशन, सभापतिदेखि सबै पदमा प्रतिस्पर्धा खुला

चितवन । प्रतिनिधि नामावली विवादका कारण सोमबारदेखि रोकिएको राष्ट्रिय स्वतन्त्र