२०८३, ९ असार बुधबार

स्वास्थ्यचौकी नै अस्वस्थ

स्वास्थ्यचौकी नै अस्वस्थ


राँझा, ६ पुस : बाँकेको जानकी गाउँपालिका–४ स्थित बेलहरी स्वास्थ्यचौकी आफँै अस्वस्थ देखिएको छ । स्वास्थ्य चौकीको भौतिक पूर्वाधारको कुरा त परै जाओस् यहाँ उपचार गराउन आउने बिरामीलाई न औषधिसंगै पिउने पानीको व्यवस्था छ नत बिरामी जाँच गर्ने कोठा नै छ । कोठाको अभावमा जाँच गर्न आउने बिरामी भवन बाहिरै पालो पर्खिनुपर्छ ।

स्वास्थ्यचौकीमा न्यूनतम आधारभूत सेवासमेत उपलब्ध नभएको स्वास्थ्यचौकीका प्रमुख अहेव टामलाल बेल्वासेले बताउनुभयो । “स्रोतसाधन छैन, छ महीना भयो विद्युत्को बिल तिर्न नसकेको”, उहाँले भन्नुभयो, “वडा कार्यालयमा यस विषयमा पटक–पटक जानकारी गराइएपनि सुनुवाइ भएन, अब कहाँ भन्न जाने ?” विगतमा जिल्ला जनस्वास्थ्य कार्यालयबाट विगतमा बाहिरङ्ग सेवा सञ्चालनका लागि रकम आउने भए पनि स्वास्थ्य संस्था स्थानीय तहमा हस्तान्तरणपछि आयस्रोत पनि ठप्प भएको छ ।गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक गीरबहादुर गुरुङले मसलन्द खर्चका लागि गाउँपालिकामा रकम माग गरिएको र उपलब्ध भए स्वास्थ्यचौकी सञ्चालनमा सहजता आउने बताउनुभयो ।

प्रसूतिकेन्द्र प्रयोगविहीन
बेलहरी स्वास्थ्यचौकीमा चार वर्षअघि प्रसूति केन्द्रको भवन बने पनि सञ्चालनमा आउनसकेको छैन । तत्कालीन जिल्ला विकास समितिको सहयोगमा प्रसूति केन्द्र निर्माण गरिएपनि त्यसका झ्याल र ढोका तोडफोड भएका कारण प्रयोगविहीन बनेको हो ।

बिजुली बत्ती र खानेपानीको व्यवस्था नहुँदा प्रसूति सेवासमेत सञ्चालन हुन नसकेको स्वास्थ्यचौकी प्रमुख बेल्वासेको भनाइ थियो । प्रसूति केन्द्र सञ्चालन नहुँदा प्रसूतिका लागि सदरमुकाम नेपालगञ्ज जानुपर्ने बाध्यता छ ।जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले विगतमा बजेट विनियोजन भएपनि स्वास्थ्यका समस्या समेट्न नसकेको स्वीकार गर्दै आगामी दिन यसलाई प्राथमिकतामा राखिने बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ६ पुस शुक्रबार  ८ : ५६ बजे

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा

मनसुन कमजोर, तराईमा तातो लहरको जोखिम

काठमाडौं । देशमा मनसुन भित्रिए पनि कमजोर अवस्थामा रहेकाले तत्काल

रास्वपा सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदका लागि

रास्वपा महाधिवेशन अघि बढ्यो : मतदाता नामावली प्रकाशन, सभापतिदेखि सबै पदमा प्रतिस्पर्धा खुला

चितवन । प्रतिनिधि नामावली विवादका कारण सोमबारदेखि रोकिएको राष्ट्रिय स्वतन्त्र