२०८३, १० भाद्र बिहीबार

मोटरसाईकल दुर्घटनामा बाबुछोरा सहित तीनको मृत्यु

मोटरसाईकल दुर्घटनामा बाबुछोरा सहित तीनको मृत्यु


सुरुङ्गा, २५ मङ्सिर: झापाको दमकमा आज भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । आज अपरा भारतीय ट्रकको ठक्करबाट पथरी शनिश्चरेका बाबुछोराको र साँझ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

भारतीय ट्रकको ठक्करबाट मोरङ पथरी शनिश्चरे नगरपालिका– ९ का ६३ वर्षीय धनप्रसाद गिरी र उहाँका २९ वर्षीय छोरा हेमचन्द्रको मृत्यु भएको प्रहरी निरीक्षक राजेश राईले जानकारी दिनुभयो । मोटरसाईकलमा सवार हेमचन्द्र चालक र बुबा धनप्रसाद पछाडि सवार थिए । ठक्करबाट सख्त घाइते दुवैको स्थानीय लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको एचआर २७ जे ०६२५ नम्बरको मालवाहक भारतीय ट्रकले सोही दिशातर्फ जाँदै गरेको को ३३ प ७९४५ नम्बरको मोटरसाइकललाई दमकको पश्चिम बस बिसौनी चोक सडकखण्डमा ठक्कर दिएको थियो । यस्तै ना ४ ख ३६८२ नम्बरको बसले मे २ प ३३०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक केरावारी गाउँपालिका–९ सिंहदेवीका ४८ वर्षीय देवीप्रसाद राईको मृत्यु भएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २५ मंसिर मंगलबार  ८ : ५८ बजे

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत

अस्पतालमा बेपत्ता आफन्त खोज्दै बाढी प्रभावित, नाम टिपाउँदै आफन्तजन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको

बाढीका घाइतेको उपचारमा चक्रदेवी अस्पताललाई इन्धन र विद्युत्को संकट

काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढीपछि घाइतेको उपचारको मुख्य

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री