२०८३, १६ जेष्ठ आईतबार

काभ्रेमा वाम गठबन्धन शक्तीशााली, नेपाली काँग्रेस कमजारे हुर्दै

काभ्रेमा वाम गठबन्धन शक्तीशााली, नेपाली काँग्रेस कमजारे हुर्दै


काभ्रे/ आसन्न दोस्रो चरणको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा काभ्रेपलाञ्चोकमा वाम गठबन्धन बलियो देखिएको छ । स्थानीत तह निर्वाचनअनुसार जिल्लामा एमालेले तीन सय ३१ र माओवादीले एक सय २७ सिटमा जित निकालेका थिए ।

एमाले र माओवादीको जम्मा सिट चार सय ५८ हुन आउँछ । यता, कांग्रेसले दुई सय २२ सिट हात पारेको थियो । स्थानीय तहमा प्राप्त मतमध्ये सबैभन्दा धेरै एमालेले ६८ हजार ६ सय ४७ र माओवादीले ३० हजार ४४८ मत प्राप्त गरेका थिए । कांग्रेसले ६३ हजार एक सय ३९ मत प्राप्त गरेको थियो ।

वामपन्थी तालेमलमा दुई दलको मत जोड्दा ९९ हजार ९५ हुन जान्छ । जनमोर्चा नेपालको मत अझै जोडिएको छैन । नयाँ मतदातासमेतको मत जोड्दा वाम गठबन्धनमा झन्डै सबा लाख मत खस्ने अनुमान गरिएको छ ।

केही मत नयाँ थपिँदा र फोरम, राप्रपालगायतका दलहरूले मत दिँदा कांग्रेसको पक्षमा पनि झन्डै ७५ हजार मत रहेको अनुमान गरिएको छ । वाम गठबन्धनभित्र खटपट भएन र अन्तर्घात नहुँदा ४० हजार मत फरक पर्ने देखिन्छ ।

दुई लाख ७२ हजार मतदाता

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि जिल्लामा दुई लाख ७२ हजार दुई सय ८७ ले मतदान गर्न पाउने भएका छन् । यो संख्या स्थानीय तहको निर्वाचनभन्दा ४१ हजार चार सय ३८ धेरै हो । जिल्लामा रहेका कुल मतदातामध्ये महिला एक लाख ३५ हजार तीन सय ९७, पुरुष एक लाख ३६ हजार आठ सय ८९ र तेस्रो लिंगी एकजना रहेका छन् ।

जिल्ला निर्वाचन कार्यालय काभ्रेका निर्वाचन अधिकारी मधुकर पोखरेलका अनुसार स्थानीय तहको निर्वाचनमा दुई लाख ३० हजार आठ सय ४९ मतदाताको नामावली प्रकाशन भएको थियो । प्रतिनिधिसभाका लागि दुईवटा मात्रै निर्वाचन क्षेत्र रहेको काभ्रेपलाञ्चोक जिल्लामा सबैभन्दा धेरै मतदाता दुई नम्बर क्षेत्रमा छन् ।

जसमा ६८ हजार नौ सय ९० पुरुष, ६९ हजार पाँच सय २२ महिला मतदाता छन् । जम्मा मतदाताको संख्या एक लाख ३८ हजार पाँच सय १२ रहेको छ । क्षेत्र नम्बर १ मा ६७ हजार ८९९ पुरुष, ६५ हजार ८७५ महिला गरी एक लाख ३३ हजार सात सय ५५ मतदाता छन् ।

प्रकाशित मिति : २०७४, १६ मंसिर शनिबार  ७ : १२ बजे

६ करोड ठगी आरोपकी टिकटकर तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ

काठमाडौं । ठगी तथा सम्पत्ति शुद्धीकरण मुद्दामा फरार रहेकी चर्चित

सशस्त्र प्रहरी बल नं. ४० रिजर्भ गणको रजत महोत्सव भव्य रूपमा सम्पन्न

बारा । सशस्त्र प्रहरी बल, नेपाल नं. ४० रिजर्भ गण,

गणतन्त्र दिवसमा राष्ट्रपति पौडेलको विशेष सम्बोधन: “गणतन्त्र आचरण र सुशासनको पद्धति हो”

काठमाडौं । १९औँ गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित

टुँडीखेलमा गणतन्त्र दिवसको भव्य समारोह, राष्ट्रपतिदेखि विशिष्ट व्यक्तित्वसम्मको सहभागिता

काठमाडौं । गणतन्त्र दिवसको अवसरमा राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा विशेष

गणतन्त्र दिवस मनाइँदै, टुँडिखेलमा विशेष समारोह

काठमाडौं । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष