२०८१, २७ फाल्गुन मंगलबार

निर्मला हत्या प्रकरणः ‘प्रहरीसँगको बयानमा रावलले गरे स्वीकार’

निर्मला हत्या प्रकरणः ‘प्रहरीसँगको बयानमा रावलले गरे स्वीकार’


कञ्चनपुर, मंसिर २२ : निर्मला पन्त हत्याको चार महिनापछि प्रहरीले उनकै छिमेकी वडाका दुई युयकमा अनुसन्धान केन्द्रित गरेको छ । भीमदत्त नगरपालिका १८ का प्रदीप रावल र विशाल चौधरीलाई काठमाडौंबाट नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीसँगको बयानमा रावलले घटनामा आफ्नो संलग्नता रहेको भनी स्वीकार गरेको प्रहरीको उच्च स्रोतले बताएको छ ।

यसअघि दिलीप विष्टले पनि प्रहरीसँगको बयानमा घटनामा संलग्नता रहेको भनी स्वीकार गरेका थिए । तर, पछि डिएनए जाँच भने मेल खाएका थिएनन । ‘हामी प्राविधिक पक्ष हेरिरहेका छौँ । साईन्टिफिक प्रुफ हुनुपर्छ ।’ हामी अनुसन्धानमै छौँ, सिआईबीका एक उच्च अधिकारले भने ।’हामीसँग बयान स्वीकार गर्नुले मात्र केहि अर्थ राख्दैन, त्यसैले अहिल्यै केहि भन्न सकिन्न ।’

निमर्लाको वडासँग सिमाना जोडिएको वडा १८ निवासी रावल करिब डेढ महिनाअघि महनेन्द्रनगरबाट काठमाडौं गएका थिए ।, आजकोनागरिकदैनिकमा यो खबर छ । उनको खोजीमा सक्रिय प्रहरीले सुराकीका आधारमा उनलाई काठमाडौंबाट पक्राउ गरेको हो । लागुऔषध दुव्र्यसनी रावलको बयानपछि उनकै वडाका अन्दाजी १७ बर्षीय विशाल चौधरी र दिनेश चौधरीलाई पक्राउ गरेर जहाजबाट बिहीबार काठमाडौं पठाईएको थियो ।

प्रकाशित मिति : २०७५, २२ मंसिर शनिबार  ६ : ५७ बजे

देशको आर्थिक अवस्था सुखद छैन् गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय देशको आर्थिक अवस्था

साँखुमा स्कुल बस दुर्घटना : छ जनाकाे मृत्यु, ४० घाइते 

काठमाडौं: काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक

सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल,