२०८३, १० भाद्र बिहीबार

तुलसीपुर उपमहानगर हर्न निषेधित

तुलसीपुर उपमहानगर हर्न निषेधित


दाङ, १५ मङ्सिर : तुलसीपुर उपमहानगरपालिकालाई आजदेखि हर्न निषेध क्षेत्र घोषणा गरिएको छ । उपमहानगरपालिका र प्रदेश नं. ५ को प्रहरी कार्यालयले संयुक्तरुपमा आज ट्राफिक सचेतनासम्बन्धी कार्यक्रम गरी सो घोषणा गरेको हो । लामो तयारीपश्चात उपमहानगरले ध्वनी प्रदूषणले आमजनजीवनमा असहजता ल्याएको भन्दै हर्न निषेध घोषणा गरिएको नगरप्रमुख घनश्याम पाण्डेले बताउनुभयो ।

उहाँले आवश्यकता बाहेक अन्य बेलामा हर्न बजाए रु ५०० देखि रु एक हजार ५०० सम्म जरिवाना गरिने बताउनुभयो । उहाँले सडक कब्जा गरेर निर्माण गरिएका संरचना तत्काल हटाइ बाटो फराकिलो बनाउनका लागि तत्काल काम अगाडि बढाइनेसमेत बताउनुभयो । प्रदूषण रोक्नका लागि सवारी साधनमा हरियो स्टिकर टाँस्ने कामको सुरुआत गरिने बताइएको छ ।

सो अवसरमा प्रदेश नं. ५ का प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर केसीले सबैको साझा सहकार्यबाट मात्रै घोषणा कार्यान्वयन गर्न सकिने बताउनुभयो । राप्ती यातायात प्रालिका अध्यक्ष शुरेश हमाल, तुलसीपुर उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष विमल रिजाल, यातायात मजदुर सङ्गठनका अध्यक्ष केशव भण्डारी, नागरिक समाजका सल्लाहकार टीकाराम रेग्मी, महिला मानव अधिकार रक्षक सञ्जालका संयोजक सुष्मा गिरीलगायतले हर्न निषेध घोषणा कार्यान्वयन गरेर शहरको पहिचान बनाउन आग्रह गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १५ मंसिर शनिबार  ६ : ५६ बजे

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत

अस्पतालमा बेपत्ता आफन्त खोज्दै बाढी प्रभावित, नाम टिपाउँदै आफन्तजन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको

बाढीका घाइतेको उपचारमा चक्रदेवी अस्पताललाई इन्धन र विद्युत्को संकट

काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढीपछि घाइतेको उपचारको मुख्य

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री